close

फरक डिजाइनमा म्यासेन्जर किड्स एप, थपिए यस्ता नयाँ फिचर

टेकपाना टेकपाना

मंसिर ३, २०७७ १४:३०

फरक डिजाइनमा म्यासेन्जर किड्स एप, थपिए यस्ता नयाँ फिचर

काठमाडौं । फेसबुकले बालबालिकाका लागि ल्याएकाे म्यासेन्जर किड्स एपमा नयाँ अपडेट आएको छ । नयाँ अपडेटले बालबालिकाहरुलाई आफ्नो परिवार, साथीभाइसँग अन्तर्क्रिया गर्न सजिलो बनाइदिएको छ ।

यस्तै कस्टम च्याट बबल कलर्स जस्ता फिचरबाट बालबालिकाहरुले आफ्नो अनुभवलाई पर्सनलाइज गर्न सक्छन् । नयाँ अपडेटसँगै भएको रिडिजाइनले यो एपको लुक्स र अनुभव म्यासेन्जरको जस्तै बनाएको छ ।

अब भने कुनै नयाँ म्यासेज आउँदा पहिले जसरी ठूलो र कलरफुल ब्लक्समा आएर ठाडो सूचीमा जम्मा भएर बस्ने छैन । पढ्न भुलेका म्यासेजहरु इनबक्सको माथिपट्टि ध्यान खिच्ने किसिमले निलो रंगमा देखा पर्नेछ ।

यस्तै नयाँ अपडेट सहितकाे म्यासेन्सर किड्समा मिडिया र म्यासेज प्रिभ्यू पनि थप भएको छ । यसले गर्दा उनीहरूको कुराकानीको अपडेट हेर्न बालबालिकालाई सजिलो हुनेछ । 

रिडिजाइनमा फेसबुकले डेडिकेटेड च्याट सहित नयाँ नेभिगेसन ल्याएको छ । साथै स्क्रिनको तलतिर नेभिगेसन ट्याब एक्सप्लोर गर्न सकिन्छ । यसबाट बालबालिकाहरुले आफ्नो कुरकानी र अन्य इन एप गतिविधिमा सजिलै स्वीच गर्न सक्छन् । 

अपडेटमा उपलब्ध नयाँ स्वाइप जेस्चरसँगै अब बालबालिकाहरुले आफ्नो इनबक्सबाटै कल सुरु गर्न सक्छन् । साथै आफ्नो च्याट, दई व्यक्तिको च्याट, ग्रुप च्याटलाई पनि कस्टम च्याट बबल कलरले कस्टमाइज तथा पर्सनलाइज गर्न सकिन्छ । 

त्यसो त फेसबुकले यो अपडेटलाई एउटा सामान्य परीक्षण भएको बताएको छ । कम्पनीले नयाँ फिचर अहिलेका लागि अमेरिका र क्यानडामा आईफोन प्रयोग गर्ने बालबालिकाहरुका लागि मात्र रोलआउट गर्ने बताएको छ । केही महिनापछि यो फिचर सबै डिभाइसमा रोलआउट गर्ने उसले बताएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०