close

आईफोन कि एन्ड्रोइड ? फोन छनोटले पनि असर पार्न सक्छ तपाईंको प्रेम जीवन

टेकपाना टेकपाना

मंसिर ३, २०७७ १५:४५

आईफोन कि एन्ड्रोइड ? फोन छनोटले पनि असर पार्न सक्छ तपाईंको प्रेम जीवन

यदि तपाईं आईफोन प्रयोगकर्ता  हुनुहुन्छ र कसैलाई पहिलोपटक टेक्स्ट म्यासेज गर्दै हुनुहुन्छ भने याद गर्नुहोस् एक क्षण यस्तो आउने छ । जब तपाईं आफूले पठाएको म्यासेज निलो वा हरियो बबलमा परिणत हुन्छ भन्ने कुरा ध्यान दिएर पर्खनुहुन्छ । 

तपाईं एन्टी टेक्स्टिङ पोलिसीको धारणा राख्नुहुन्छ र यस्तो अनुभव कहिल्यै गर्नुभएको छैन भने थाहा पाइराख्नुहोस् । तपाईंको म्यासेज निलो बबलमा परिणत भयो भने तपाईंको सन्देश प्राप्तकर्ता आईंफोन प्रयोगकर्ता हो ।

यदि त्यो हरियो रंगमा परिवर्तन हुन्छ भने उसले अन्य कुनै फरक फोन प्रयोग गर्छ । यसरी सुरु भएको सम्बन्धले तपाईंलाई जहाँसुकै पुर्‍याओस्, तर सम्बन्धको अगाडिको बाटो पक्कै पनि एसएमएस टेक्स्टले कोरिदिने छ । 

यसरी यी कुराहरुलाई विचार गर्न थालिएको धेरै भएको छैन । यसैले यी कुराले डेटर्स (डेट गर्न चाहनेहरु) लाई कतिको असर पार्छ भनेर मैले खोज्न सुरु गरेँ ।

आजको विश्वमा विभिन्न प्राविधिक प्लेटफर्म र डिभाइसहरुलाई लिएर मानिसहरुको धारणा एकदमै चर्को बन्दै गइरहेको छ । अपरेटिङ सिस्टमदेखि ब्राउजरसम्मका डेडिकेटेड तथा डिभोटेड फल्लोअर्सहरुको क्याम्प नै छन् । 

तर प्रविधिको यस किसिमको गुटबन्दीमा सबैको विश्वास र धारणा यति बलियो पनि हुँदैन कि मानिस मानिसबीच विभेद उत्पन्न होस् । यसैकारण म वकेक्युपिड (अनलाइन फ्रि डेटिङ स्पेस) मा छिरेँ । यस प्लेटफर्ममा वकेक्युपिडले आफ्ना डेटर्सहरुलाई सबै किसिमका एकदमै सामान्यदेखि बकम्फुसे प्रश्नहरु सोध्छन् ।

५५ हजारभन्दा धेरै फल्लोअर्स भएका इन्स्टाग्रामको स्टोरी फिचर प्रयोग गरेर वकेक्युपिडले युवाहरुलाई आईफोन नभएको व्यक्तिलाई तपाईं म्यासेज गर्नुहुन्छ ? भनेर प्रश्न गरेको थियो । जसमा ३१ प्रतिशतले नगर्ने उत्तर दिएका थिए । 

२७ प्रतिशत युवाहरुले हरियो बबल एकदमै मूखर्तापूर्ण लाग्ने बताए । यो ‘सेफको किस’ जस्तै लाग्ने गरेको केहीले बताए । कतिपयले ‘बासी दुध’, ‘भिजेको मोजा’, ‘डाउनस्टेर नेबर्स’ जस्ता शब्दहरु प्रयोग गरे।  

एप्पलका फ्यानहरुलाई तपाईंले र्‍यागिङ गर्नुअघि यो जानकारी पनि तपाईंलाई दिहालौं कि वकेक्युपिडले आईफोन भर्सेस एन्ड्रोइडको विषयमा २०१८ मा पनि एउटा प्रश्न गरेको थियो । जसमा ५८ प्रतिशतले आफूहरु एन्ड्रोइडको पक्षमा रहेका बताएका थिए भने ३८ प्रतिशतले एप्पलको पक्ष लिएका थिए ।

बाँकी चार प्रतिशतको कुरा गर्नुहुन्छ भने उनीहरु झै पनि फ्लिप फोन नै प्रयोग गरिरहेका छन् । यस्तो हो भने हामीलाई यी कुराहरुले कहाँ ल्याई पुर्‍याउँछ त ? एउटा कुरा मेरो दिमागमा आयो । जब डेटिङको कुरा आउँछ, तब युवाहरु सम्बन्धको लागि एकदमै कम अर्थ राख्ने कुराहरुमा झुन्डिरहेका हुन्छन् । 

वास्तवमा यदि तपाईं एउटै इकोसिस्टमा बस्नुहुन्छ र एउटै सेवाको प्रयोग गर्नुहुन्छ भने जीवन जिउन अझै सजिलो भएर जान्छ । कति परिवार छन् जो अझै गुगल क्यालेण्डर र स्पोटिफाई अकाउन्ट शेयर गर्नमा विश्वास गर्छन् । तपाईंको पुराना आफन्तहरुले पनि आफूले जस्तै डिभाइस चलाउन् भन्ने तपाईंको चाहाना होला ताकि ट्रबलशुटिङ सजिलो होस् । 

यी सबै कुरापछि बन्दै जाने कुरा हुन् । तर याद राख्नुहोस् कि तपाईं जुन डिभाइस वा प्लेटफर्म प्रयोग गर्नुहुन्छ, त्यसले तपाईंको व्यक्तित्वको प्रतिनिधित्व गर्दैन । यसलै परिवर्तन हुन सक्ने मानिसको क्षमतालाई कम नआँक्नुहोस् । आईफोन र विण्डोज फोन प्रयोग गर्ने दुई फरक जोडीको पनि वैवाहिक सम्बन्ध अझै राम्रो चलिरहेको छ । 

अर्को कुरा के नबिर्सनुहोस् भने एपप्लले आजको पुरै स्मार्टफोन बजारमा १३ प्रतिशत हिस्सा ओगटेको आईडीसीको तथ्याङ्कले बताउँछ । 

स्मार्टफोन इकोसिस्टम प्रतिको तपाईको कट्टर धारणा देखेर मलाई लाज लाग्यो । यसैले अर्को पटक निलो र हरियो बबल कुर्दै गर्दा वास्तविकतालाई सधै ध्यानमा राख्नुहोस् ताकि तपाईंको लागि को अनुकूल छ र को छैन भन्ने कुरा निर्धारण गर्न अझै व्यापक कुराहरु छन् । 

(एरिन कार्सनले सीनेटमा लेखेकाे ब्लग)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०