close

सामाजिक सञ्जालमा गर्न सकिने व्यवसायको विषयमा तालिम हुँदै

टेकपाना टेकपाना

मंसिर ३, २०७७ १७:२२

सामाजिक सञ्जालमा गर्न सकिने व्यवसायको विषयमा तालिम हुँदै

काठमाडौं । सामाजिक सञ्जालमार्फत व्यवसाय प्रवर्द्धन तथा विस्तारको विषयमा अनलाइन तालिम आयोजना हुने भएको छ । डिजिटल मार्केटर श्वेता शेरचन र कोड रशको सहकार्यमा एक साता लामो तालिम सञ्चालन हुने भएको हो । 

सोसल मिडिया मिस्ट्री नाम दिइएको यो तालिम पश्चात सहभागीहरुले रोजगारी पाउन, सामाजिक सञ्जाल पेजहरु सञ्चालन गर्न, फ्रिल्यान्सर बन्न र सामाजिक सञ्जालमा आधारित व्यवसाय गर्न सक्षम हुने आयोजकले जनाएको छ ।

चार हजार ९९९ रुपैयाँ शुल्क राखिएको यो कोर्ष लिनेहरुले ९९९ रुपैयाँ बराबरको क्यान्भा कोर्ष निःशुल्क अध्ययन गर्न पाउनेछन् ।  दुई घण्टा लामो कक्षा हरेक दिन बिहान १० देखि १२ बजेसम्म तथा बेलुका ५ देखि ७ बजेको बीचमा सञ्चालन हुनेछ ।

तालिम प्रशिक्षकको रुपमा रहने स्वेता शेरचन लामो समयदेखि डिजिटल मार्केटिङको क्षेत्रमा विभिन्न तालिम तथा परामर्श दिँदै आएकी छन् । तपाईं पनि यो कोर्ष लिन चाहनुहुन्छ भने यहाँ क्लिक गरी आवश्यक विवरण भरेर रजिस्टर गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०