close

बालबालिकाको टिकटक अकाउन्टमा अब अभिभावकले नियन्त्रण गर्न सक्ने

टेकपाना टेकपाना

मंसिर ४, २०७७ ११:३७

बालबालिकाको टिकटक अकाउन्टमा अब अभिभावकले नियन्त्रण गर्न सक्ने

काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा साना-साना बालबालिकाहरुलाई संरक्षण गर्न उनीहरुको अभिभावकलाई नियन्त्रण अधिकार दिने नयाँ टुलहरु थप गर्दैछ । 

यसअन्तर्गत अभिभावकले बालबालिकाहरुले कुनै पनि विशेष शब्द, प्रयोगकर्ता तथा ह्यासट्यागको खोजी गर्न रोक लगाउन सक्ने छन् । यसबाहेक बालबालिकाको भिडियो क्लिपमा आउने कमेन्ट समेत ब्लक तथा सीमित गर्न सकिनेछ । 

साथै बालबालिकाले कुन भिडियोलाई लाइक गरेका छन् भन्ने कुराको जानकारी समेत अभिभावकले अन्य प्रयोगकर्ताबाट लुकाउन सक्ने छन् । 

टिकटकले यो फिचरहरु फ्यामिली पेयरिङको अभियान अन्तर्गत आफ्नो साइटमा ल्याएको हो । यसअन्तर्गत बालबालिकाहरुको अकाउन्ट उनीहरुका ठूला अभिभावकहरुसँग लिङ्क गराउन सकिन्छ ।

यसअन्तर्गत रहेर अभिभावकहरुले आफ्नो बालबालिकाको एपमा संलग्न हुने समय पनि सिमित गर्न सक्छन् साथै प्लेटफर्मबाट आउने डाइरेक्ट म्यासेजको अप्सनलाई पनि डिजेबल गरिदिन सक्छन् ।

तर कम्पनीले बालशोषण विरुद्धको आफ्नो नीतिमा अडेर १६ वर्षभन्दा मुनीका प्रयोगकर्ताहरुको डाइरेक्ट म्यासेज फिचर डिएक्टिभेट गर्दै आएको छ । 

यसअघि २०१९ मा बालबालिकाको अनलाइन गोपनीयता संरक्षण कानुन अर्थात् कोप्पाको उल्लंघन गरेको आरोपमा टिकटकमाथि अमेरिकाको संघीय व्यापार आयोगले ५७ लाख अमेरिकी डलरको जरिवाना गराएको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०