close

निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो टिकटकमा अपलोड गर्ने एक जना पक्राउ

टेकपाना टेकपाना

मंसिर ४, २०७७ १३:३६

निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो टिकटकमा अपलोड गर्ने एक जना पक्राउ

काठमाडौं । निकिशा श्रेष्ठमाथि सार्वजनिक ठाउँमा दुर्व्यवहार भएकाे भिडियाे टिकटकमा अपलोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, भक्तपुरको टोलीले भक्तपुर नगरपालिका २ टौमढीका विशेष जोशीलाई पक्राउ गरी साइबर ब्यूरोलाई बुझाएको हाे ।

ब्युरोका प्रहरी उपरीक्षक पशुपति रायले टिकटकमा भिडियाे अपलोड गर्ने जोशीले नै भिडियो खिचेका हुन् या होइनन् भनेर अनुसन्धान भइरहेको जानकारी दिए ।

श्रेष्ठलाई दर्व्यवहार गरेको भिडियो मंगलबार टिकटकमा अपलोड भएको थियो । सामाजिक सञ्जालमा यो भिडियो भाइरल भएपछि धेरैले दुव्यर्वहार गर्ने व्यक्तिहरू विरुद्ध कानूनी कारबाहीका लागि आवाज उठाएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०