close

अब ट्वीटरमा पनि फेसबुक र इन्स्टाग्रामको जस्तै स्टोरी फिचर

टेकपाना टेकपाना

मंसिर ४, २०७७ १७:५८

अब ट्वीटरमा पनि फेसबुक र इन्स्टाग्रामको जस्तै स्टोरी फिचर

काठमाडौं । ट्वीटरले ‘फ्लिट्स’ नामको नयाँ फिचर विश्वभर सार्वजनिक गरेको छ । यो फिचर फेसबुक, स्नापच्याट तथा इन्स्टाग्रामको स्टोरी फिचर जस्तै छ, जसमा कुनै पनि ट्वीट स्टोरी पोस्ट गरेको २४ घण्टामै हराएर जान्छ । 

यसअघि ट्वीटरले फ्लिट्स फिचरलाई ब्राजिल, इटाली, भारत र दक्षिण कोरियामा परीक्षण गरेको थियो । सार्वजनिक रुपमा ट्वीट गर्दा रिट्वीट र लाइकहरुको झन्झट हुने भएकाले यो नयाँ फिचर ट्वीटरमा ल्याएको ट्वीटरका डिजाइन डिरेक्टर जोसु ह्यारिसले बताए । 

२४ घण्टामै ट्वीट हराउने हुँदा मानिसहरुलाई आफ्नो व्यक्तिगत कुरा र सामान्य धारणाहरु शेयर गर्न सजिलो हुने बताइएको छ । 

तर केही ट्वीटर प्रयोगकर्ताले भने यो नयाँ फिचरमा अनलाइन दुर्व्यवहार, अनावश्यक डाइरेक्ट म्यासेजको झन्झट बेहोरेको बताएका छन् ।

साथै फ्लिट पोस्ट गर्ने व्यक्तिले आफूलाई ब्लक गर्ने व्यक्तिलाई समेत ट्याग गर्न सक्ने छन् । तर ट्वीटरले हाल यस किसिमका सुरक्षा कमजोरीको फिक्स गरिरहेको जानकारी दिएकाे छ ।

अब सबै ठाउँका एन्ड्राेइड र आईओएस प्रयोगकर्ताले याे फिचर प्रयोग गर्न पाउने ट्वीटरले उल्लेख गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०