close

आईफोन बोकेको ट्रक लुटेराको कब्जामा, साढे ७८ करोड मूल्य बराबरको सामान चोरी

टेकपाना टेकपाना

मंसिर ५, २०७७ १२:२७

आईफोन बोकेको ट्रक लुटेराको कब्जामा, साढे ७८ करोड मूल्य बराबरको सामान चोरी

काठमाडौं । एप्पल कम्पनीको सामान बोकेको ट्रकलाई रोकेर लुटेराहरुले ५० लाख पाउण्ड अर्थात् ७८ कराेड ५८ लाख नेपाली रुपैँया बराबरको आईफोन, एयरपड, एप्पल वाच लगायतका ग्याजेट लुटपाट गरेका छन् ।

लुटपाटको सो घटना मंगलबार बेलायतको नर्थह्याम्पटनशायरको साउथबाउण्ड स्लिप रोडमा भएको थियो । लुटेराहरुले ट्रक रोकेर ड्राइभरलाई बाँधी त्यहाँ ४८ वटा र्‍याकमा रहेका एप्पलका सबै सामान चोरी गरेका थिए ।

लुटपाट भएको मालबाहक ट्रकभित्र आईफोन इलेभेन, एयरपोड तथा एप्पल वाचहरु रहेकाे बताइएकाे छ । लुटेराहरुले नियन्त्रणमा लिएको उक्त ट्रकलाई क्रिकस्थित इल्डोन क्लोजमा पुर्‍याएर तेस्रो गाडीमा सबै सामानहरु राखिएको प्रहरीको आशंका छ । 

एजेन्सीकाे सहयाेगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०