close

शनिबार हल्ट प्राइजको सेमिफाइनल इभेन्ट, साथमा सेलिब्रेटीसँग उद्यमी टक

टेकपाना टेकपाना

मंसिर ५, २०७७ १६:५५

शनिबार हल्ट प्राइजको सेमिफाइनल इभेन्ट, साथमा सेलिब्रेटीसँग उद्यमी टक

काठमाडौं । हल्ट प्राइजले ‘सस्टेनिङ योर बिजनेस’ विषयमा आन्टरप्रिनियरसिप टक सिरिजको सातौं श्रृंखलामा  नोभेम्बर २१ मा आयोजना गर्ने भएको छ । सोही दिन हल्ट प्राइजको सेमी फाइल कार्यक्रम पनि सम्पन्न हुनेछ । 

उक्त टक सिरिजमा पूर्व मिस नेपाल तथा मिडिया पर्सनालिटी माल्भिका सुब्बा, तिब्बती बौद्ध भिक्षु तथा गायिका आनी छोइङ ड्रोल्मा, मिडिया पर्सनालिटी तथा मोडल श्री पाण्डे, डिजिटल नेपाल कम्पनीका संस्थापक आदित्य राज र फिलिपिन्सबाट सामाजिक उद्यमी तथा बीएण्डबी सोल्युसनकी सहसंस्थापक स्वान्टेल नेइटो उपस्थित हुने छन् ।  

यस्तै हल्ट प्राइजको सेमिफाइलमा जजको रुपमा आनी छोइङ ड्रोल्मा, राजनीतिक तथा विकास पूर्वाधार सम्बन्धी विशेषज्ञ डा. सूर्यराज अधिकारी, अल्फा सेनोन, बिजनेस कोच, बिजनेस स्ट्राटेजी क्रिएटर तथा अर्थविद् अहमद फरहाद सारवरी रहने छन् ।

हल्ट प्राइज आइओई २०२१ मा सहभागी हुने प्रतिस्पर्धीहरुले विभिन्न किसिमका पुस्कार तथा गिभअवेहरु पाउन सक्ने छन् ।

विजयी टिमले नौलो रेस्टुरेन्टको तर्फबाट चार हजार बराबरको फुड भौचर,  शीर्ष पाँच टिममा प्रत्येकलाई पाँच हजार बराबरको अनलिमिटेड होस्टिङ, शीर्ष तीन टिमका प्रत्येक सदस्यलाई पाँचसय रुपैयाँ बराबरको एम सक्युरिटी एन्टीभाइरस एक वर्षलाई प्रदान गरिने कार्यक्रम आयोजकले बताएको छ ।

यस्तै हल्ट प्राइज आइओईका सबै सहभागीहरुले प्रतिमहिना पाँच डलर पर्ने टास्केड कोवर्किङ सफ्टवेयरको अनलिमिटेड भर्सन एक वर्षका लागि प्रयोग गर्न सक्ने छन् । 

सेमिफाइनलबाट चयन हुने केही टिम फिनाले राउण्ड प्रतिस्पर्धाका लागि अगाडि जाने छन् । साथै यस प्रत्योगितामा वाइल्ड कार्ड इन्ट्रीको समेत व्यवस्था छ । 

कार्यक्रम भाेलि शनिबार १२ देखि साँझ ६ बजेसम्म चल्ने छ ।  कार्यक्रममा सहभागी हुन यस लिङ्कमा गएर दर्ता हुनुपर्ने छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०