close

टेलिकमको नयाँ अफर, २८ जीबी डेटा लिँदा ३९२ मिनेट भ्वाइस कल फ्री

टेकपाना टेकपाना

मंसिर ५, २०७७ १७:४४

टेलिकमको नयाँ अफर, २८ जीबी डेटा लिँदा ३९२ मिनेट भ्वाइस कल फ्री

काठमाडाैं । नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको प्रतिदिन एक जिबी डेटा प्याकलाई थप सुविधासहित केही परिमार्जन गरेको छ । परिमार्जित अफर शुक्रबार राती १२ बजेदेखि हुनेछ ।

हाल उपलब्ध भइरहेको प्रतिदिन एक जिबी डेटा प्याक अन्तर्गत प्रतिदिन एक जिबी डेटा प्रयोग गर्न सकिने गरी सात दिनका लागि रु. २५० मा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि रु. ८५० मा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुनेगरी नयाँ इको भ्वाइस प्लस डेटा कम्बो प्याक ल्याइएको हो ।

सो अनुसार इको भ्वाइस प्लस डेटा कम्बो प्याक अन्तर्गत रु. २५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन एक जिबी डेटाको हिसाबले जम्मा सात जिबी डेटा सात दिनभित्र प्रयोग गर्न सकिने छ ।

यसैगरी रु. ८५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन एक जिबी डेटाको हिसाबले जम्मा २८ जिबी डेटा २८ दिनभित्र प्रयोग गर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०