close

ब्लुटुथ खुल्लै छोड्दा के हुन्छ ?

टेकपाना टेकपाना

मंसिर ५, २०७७ २३:१२

ब्लुटुथ खुल्लै छोड्दा के हुन्छ ?

काठमाडाैं । एन्ड्रोइड अपरेटिङ सिस्टम गोप्य र सुरक्षित छैन भन्ने कुरा कसैबाट लुकेको छैन । यो एकदमै कस्टमाइज्ड प्लेटफर्म भएको कारण धेरै मोबाइल प्रयोगकर्ताले अझै यसलाई मन पराउँछन् । गुगल डेभलपमेन्ट टिमले समय समयमा सुरक्षा सुनिश्चितताका लागि काम गर्दै अइरहेको छ । यद्यपि समयसमयमा यसको साइटमा विभिन्न कमजोरीहरु भने देखा पर्दै आएका छन् । 

केही समयअघिकाे एउटा रिपोर्टमा एन्ड्रोइडको सहायक सिस्टम गम्भीर रुपले कमजोर रहेको कुरा उल्लेख थियो । तर प्रयोगकर्ताका लागि सुखद खबर के छ भने यो समस्यालाई सेक्युरिटी प्याचबाट समाधान गर्न सकिन्छ ।

एन्ड्रोइडको एट अरियो तथा एन्ड्रोइड नाइन पाइमा त्यस्तो समस्या देखिएको थियो । ब्लुटुथ कनेक्टिभीटीको माध्यमबाट नजिकै रहेको एउटा रिमोट अट्याकरले केही आर्बिटोरी कोड घुसाउन सफल भएको पाइएको छ । प्रयोगकर्ताको जानकारी बिना नै यस किसिमको जोखिम आउन सक्छ ।

अट्याकरलाई ओपन ब्लुटुथ कनेक्सन प्लस युजर इन्ट्ररएक्सन बिनाको ब्लुटुथ म्याक एड्रेस चाहिन्छ । यस्तो अवस्थामा उनीहरुले तपाईंको डिभाइसमा भाइरस फैलाउनुका साथै व्यक्तिगत डेटा पनि चोरी गर्न पनि सक्छन् । एन्ड्रोइड टेनमा यस्तो कमजोरी देखिएको छैन तर यसअघिको एन्ड्रोइड एट र नाइन भने प्रभावित हुनसक्छ ।

यस्तो संमवेदनशीलता अर्थात जोखिमबाट बच्न एन्ड्रोइड एट र एन्ड्रोइड नाइनका लागि फेब्रुअरी २०२० मा सेक्युरिटी प्याच प्रयोग गर्न सुभाव दिइएको थियाे । यसअलावा डिभाइसलाई सुरक्षा दिन अन्य सुरक्षा उपाय पनि अपनाउन सकिन्छ । त्यसको उत्कृष्ट उपाय भनेको फोन वा ट्याबलेटलाई नन डिसकभरेबल बनाउनु हो ।

त्यसो त डिभाइसहरु ब्लुटुथ स्कयानिङबाट डिस्कभर हुन्छन्, तर पुराना डिभाइसहरु अझ चाँडै डिस्कभर हुन्छन् । आवश्यकता नभएको समयमा ब्लुटुथबाट चल्ने हेडफोनहरु पनि टर्न अफ गरेर नन डिस्कभरेबल बनाउनुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०