close

वर्ल्डलिंक र आईमार्कलाई विट्सा अवार्ड २०२०

टेकपाना टेकपाना

मंसिर ६, २०७७ ८:५७

वर्ल्डलिंक र आईमार्कलाई विट्सा अवार्ड २०२०

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड र आईमार्क प्रालिलाई विट्सा ग्लोबल आईसीटी एक्सीलेन्स मेरिट अवार्डबाट सम्मानित भएका छन् । मलेसियामा भइरहेको टेकफेस्ट लाइव एक्स रोड-टू-डब्ल्यूसीआईटी मलेसिया २०२० मा वर्ल्ड इन्फर्मेसन टेक्नोलोजी एन्ड सर्भिसेज एलायन्स (विट्सा) ले यो सम्मान दिएको हो ।

जसमा वर्ल्डलिंकलाई डिजिटल अपर्चुनिटी/ ईन्क्लुजन अवार्ड र आईमार्कलाइ कोविड-१९ वेस्ट ईन्ड्रस्ट्री सोलुसनबाट पुरस्कृत गरिएको हो । विगत २० वर्षदेखि प्रत्येक वर्ष प्रदान हुँदै आएको ग्लोवल आईसीटी एक्सिलेन्स अवार्ड कार्यक्रम कोविड – १९ महामारिका कारण यस वर्ष भर्चुअल माध्यमबाट गरिएको थियो ।

विश्व बैंकका सिनियर डिजिटल डेभलपमेन्ट स्पेसलिस्ट ओलेग पेट्रोव, डिजिटल ट्रेड नेटवर्कका जेनेभा प्रतिनिधि निक एश्टन-हार्ट लगायतको सात सदस्यीय छनौट समितिले विश्वका विभिन्न मुलुकवाट प्राप्त सयौं आवेदनहरुवाट ४१ वटा निजी कम्पनी तथा सार्वजनिक संस्थाहरुलाई अवार्डका निम्ति छनौट गरेको छ ।

नेपालको सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारमा विशष योगदान पुर्‍याएबापत वर्ल्डलिंक सो पुरस्कार वाट सम्मानित भएको हो । वर्ल्डलिंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत करिब ८५५० ठाउँमा निःशुल्क वाईफाई सेवा दिंदै आएको छ ।

दैनिक करिब १ लाख ५० हजार जनाले सो सेवा लिइरहेका छन् । त्यस्तै कोविड-१९ को महामारीसँग लड्न सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा पुर्‍याएको योगदानका निम्ति आईमार्क प्रालि बेस्ट इन्डस्ट्री सोलुसन पुरस्कारवाट सम्मानित भएको हो ।

आईमार्कले पायोनियर एसोसियट्स र आईडियल कन्सर्नसँगको सहकार्यमा नेपाल सरकारको निम्ति कोभिड एनपी कन्ट्याक्ट ट्रेसिङ मोबाइल एप्लिकेसन वनाएको थियो । कोविड-१९ र यसको रोकथाम उपायहरूको बारेमा सिक्नको लागि सर्वसाधारण र स्वास्थ्यकर्मीहरुका निम्ति वेबमा आधारित प्लेट्फर्ममा समेत उसले महत्वपूर्ण जानकारी उपलब्ध गराएको थियो ।

विश्वका विभिन्न ८० देशमा सदस्यहरु रहेको विस्टाले  विश्वको सूचना प्रविधिसम्बन्धी हुने समग्र आर्थिक कारोबारको ९० प्रतिशत प्रतिनिधित्व गर्दछ । क्यान महासंघका निवर्तमान अध्यक्ष हेमन्तकुमार चौरासिया विस्टाको हालै सम्पन्न वार्षिक साधारणसभावाट बोर्ड अफ डाइरेक्टरमा पुनःनिर्वाचित भएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०