close

यस्ता छन् २०२० का उत्कृष्ट निःशुल्क एन्ड्रोइड गेम

टेकपाना टेकपाना

मंसिर ८, २०७७ ११:३१

यस्ता छन् २०२० का उत्कृष्ट निःशुल्क एन्ड्रोइड गेम

काठमाडौं । तपाईं आफ्नो स्मार्टफोनमा विभिन्न गेमहरु खेल्न चाहनुहुन्छ भने शुटर र आरपीजीदेखि पज्जल र नेरेटिभ्स टाइटलसम्मका अनुभव गर्न पाउने गरी विकल्प छन् । गुगल प्ले स्टाेरमा यी सबै क्याटेगोरीका गेमहरु पाउन सकिन्छ । आज हामी तपाईंलाई २०२० का उत्कृष्ट निःशुल्क एन्ड्रोइड गेमका बारेमा बताउने छौं । 

उत्कृष्ट एन्ड्रोइड शुटर गेम

शुटर गेमहरु स्मार्टफोनमा राम्रो हुँदैन भन्ने तपाईंलाई लाग्न सक्छ । बटन र कीहरु नहुने भएकोले मोबाइल खेल्न यो अप्ठ्यारो र सही नहुने धेरैले सोच्छन् । तर तपाईंले सोचेजस्तो हुँदैन । शुटर गेमलाई पनि सजिलै मोबाइलमा खेल्न सकिन्छ । 

पब्जी 

कम्प्युटरमा खेलिने ब्याटल रोयल गेममा फर्टनाइट लिडिङ गेम मानिन्छ । तर पब्जी सानो स्क्रिन भर्सन अर्थात् मोबाइलमा खेल्न मिल्ने उत्कृष्ट ब्याटल रोयल गेम हो । यसमा भएको कन्ट्रोल स्किम अन्य मोबाइल गेमको तुलनामा निकै राम्रो छ । 

Cover art

कल अफ ड्युटी

कल अफ ड्युटी पनि पब्जी मोबाइलका डेलपरले नै बनाएका हुन् । तर यसले छुट्टै किसिमको फस्ट पर्सन शुटर एक्सपिरियन्स प्रदान गर्दछ । यो एउटा शुद्ध ब्याटल रोयल गेम प्ले होइन । तर यसमा त्यस्तै किसिमको राम्रो कन्ट्रोल पाउन सकिन्छ ।

Cover art

यसमा तपाईंले क्लासिक कल अफ ड्युटी मोड जस्तै ५ भी ५ र जम्बिज पाउन सक्नुहुन्छ । यसमा तपाईंले ब्याटल रोयलको स्वाद पनि पाउन सक्नुहुन्छ ।

मोर्फिट 

मोर्फिट मा तपाईंले उत्कृष्ट सिङ्गल प्लेयर शुटर पाउन सक्नुहुन्छ । यो एउटा सिङ्गल प्लेयर फस्ट पर्सन शुटर गेम हो, जुन नो म्यान्सको स्काईबाट प्रेरित छ ।

Cover art

यसमा तपाईं आफ्नो भुलेको विगतलाई खोज्दै अचम्मका ग्रहहरु देख्न र एलियनहरुसँग लडाई गर्न सक्नुहुन्छ । यो गेम निःशुल्क उपलब्ध छ । 

उत्कृष्ट एन्ड्रोइड आरपीजीएस

रोल प्लेयिङ गेम पनि एउटा छुट्टै विधाको गेम हो, जुन मोबाइल डिभाइसमा ठीक हुँदैन भन्ने तपाईंलाई लाग्न सक्छ । रेट्रो र टर्न आधारित आरपीजीएस बाहेक ग्लिट्ज र ग्लामर अफ जेआरपीजीएस ठूला स्क्रिनका लागि सही हुन्छन् ।

माइक्रोम्यानेजमेन्ट अफ डब्ल्युआरपीजीएस कम्प्युटरमा खेलिने गेम हन्छ । तर आरपीजीएस गेमहरु एन्ड्रोइड स्मार्टफोनका साना स्क्रिनमा पनि गज्जब सुहाउने गेमहरु हुन् । 

जेन्सिन इम्प्याक्ट

Cover art

जेन्सिन इम्प्याक्ट एउटा एक्सन आरपीजी गेम हो । यसको एक्सप्लोरेसनल एलिमेन्टहरु ब्रेथ अफ द वाइल्डको जस्तै हुन्छ । डेभलपर कम्पनीले यसमा धेरै कन्टेन्ट ल्याइसकेको छ भने अझ धेरै आउन बाँकी छन् । यो गेम पनि नि:शुल्क खेल्न सकिन्छ ।

रनस्केप मोबाइल

Cover art

रनस्केप मोबाइल एउटा क्रस प्लेटफर्म गेम हो, जुन तपाई आफ्नो मोबाइल र पीसी भर्सन दुवैमा खेल्न सक्नुहुन्छ । यो एउटा म्यासिभ मल्टिप्लेयर अनलाइन गेम हो, जुन नि:शल्क उपलब्ध छ । 

उत्कृष्ट एन्ड्रोइड पज्जल गेम 

पज्जल र पोर्टेबिलिटी स्वर्गमा बनेको जोडी जस्तै हुन् । म्याच थ्री एस पज्जलको सब जनरा भएको यो भनिएको होइन । यो जनराका गेमहरु दुईवटालाई लाइनमा राखेर एउटा खेल्न सकिनछ । 

थ्रीस

Cover art

थ्रीस एउटा साधारण पज्जल गेम हो जसलाई तीन गुणाको नम्बरमा मिलाउनु पर्दछ । यो सिक्न सजिलो छ तर जित हासिल गर्न गाह्रो छ । यो गेम नि:शुल्क भर्सनमा पनि उपलब्ध छ । 

आइ लभ ह्यु 

आइ लभ ह्यु पनि एउटा पज्जल गेम नै हो । यो गेम खेल्दा एकदमै रिल्याक्स महसुस हुन्छ । यसमा तपाईले रंगहरुको रिएरेन्जमेन्ट गर्नु पर्दछ ।

Cover art

गेममा भएको शान्ति धुन र हार नुहने भएकोले यसको एक्सपिरियन्स एकदमै रिल्याक्स किसिमको हुन्छ । यो गेम नि:शुल्क उपलब्ध छ । 

उत्कृष्ट एन्ड्रोइड कार्ड गेम्स

पछिल्लो वर्षमा स्मार्टफोनमा धेरै कार्ड र ट्रेडिङ कार्ड गेमहरु आए । तर परिणाम कहिल्यै राम्रो आउन सकेन । कार्ड गेमलाई स्मार्टफोनमा बुट गर्न डेस्कटपमा भन्दा छिटो र सजिलो छ । फुर्सदको समयमा घरमा बस्दा यी कार्ड गेम खेल्न निकै रमाइलो हुन्छ । 

हार्थस्टोन 

ब्लिजार्डको कलेक्टिबल कार्ड गेम यो जनराको गेममध्ये विश्वकै उत्कृष्ट गेम हो । हार्थस्टोन गुगल प्लेस्टोरमा नि:शुल्क उपलब्ध छ ।

Cover art

ब्लिजार्डका धेरै गेमहरुमध्ये हार्थस्टोर सबैभन्दा राम्रो गेम हो । यसमा नयाँ कार्ड प्याक र पावर क्रिप रोक्नलाई पुराना कार्डहरु हटाइएको छ । यसलाई अनलाइन खेल्न सकिन्छ ।

यु गी ओ डुयल लिङ्क 

Cover art

गुगल प्लेमा उपलब्ध कार्ड गेममध्ये यु गी ओ डुयल लिङ्क एकदमै बलियो गेम हो । यु गी ओ फ्रान्चाइजीको यो सो एउटा भिजिबल एस्पेक्ट हो । कोनामी डेभलपर रहेको यो गेम नि:शुल्क उपलब्ध छ । 

ग्वेन्ट द विचर कार्ड गेम

Cover art

वाचर थ्री खेलेका सबैलाई ग्वेन्ट गेमको बारेमा थाहा छ । यो गेम म्यासिभ आरपीजीभित्र पाउन सकिन्छ । विचरको थिम भएको यो गेम वास्तवमा एउटा कार्ड गेम हो, जसको फ्लो अन्य कार्ड गेमको भन्दा फरक छ । नि:शुल्क उपलब्ध यो गेम तपाईंले अनलाइनमा खेल्न सक्नुहुन्छ । 

उत्कृष्ट एन्ड्रोइड रिदम गेम

स्मार्टफोनको टचस्क्रिन र रिदम गेमबीचको कम्बिनेसन एकदमै राम्रो हुन्छ । आफूसँग भएको एन्ड्रोइड मोबाइलबाट तपाईंले राम्रा राम्रा रिदम गेम खेल्न सक्नुहुन्छ । 

ब्याङ ! गर्ल्स ब्याण्ड पार्टी !

Cover art

एन्ड्रोइडमा रिदम गेमको कुरा गर्दा ब्याङ ड्रिम एउटा उत्कृष्ट रिदम गेम हो, जसमा केही केटीहरु आइडल बन्न मेहेनत गरिरहेको देख्न सकिन्छ । तपाईंले प्रत्येक आइडलका लागि गिटार हिरो रिदम गेमको अप्रोल लिएर विभिन्न नोट तथा धुन बजाउन सक्नुहुन्छ । यो गेम निःशुल्क उपलब्ध छ । 

लभ लाइभ ! स्कूल आइडल फेस्टिभल अल स्टार्स 

Cover art

लभ लाइभ गेममा तपाईंले राम्री राम्री युवती आइडलहरुसँग बाजा बजाउन सक्नुहुन्छ । आइडलहरु पृष्ठभूमिमा नाचिँरहँदा तपाईले बाजा बजाउन सक्नुहुन्छ । यो धेरै रमाइलो गेम हो, तर तपाईं सजिलै डिस्ट्रयाक्ट हुन सक्नुहुन्छ । 

उत्कृष्ट एन्ड्रोइड आर्केड गेम

एन्ड्रोइडमा आर्केड गेमको एक्सिपरिन्यस अझै पनि जीवन्त छ । उच्च स्कोर दिलाएर यो गेमलाई तपाईंलाई सन्तुष्टि दिन्छ । 

प्याक म्यान २५६ 

Cover art

प्याक म्यान एउटा पुरानो गेम हो । यो गेममा अझै पनि क्लासिक शुत्र प्रयोग हुन्छन् । यो गेम तपाईंले नि:शुल्क पाउन सक्नुहुन्छ । 

जेटप्याक जोयराइड 

Cover art

जेटप्याक जोयराइड एउटा फास्ट पेस अटो रनर गेम हो । यो गेम खेल्नलाई तपाईंले आफ्नो जेटप्याकको युनिक फिजिक्सलाई सिक्नुपर्दछ । यसो गर्दा तपाईंले शत्रुलाई हराउन सक्नुहुन्छ । नयाँ अपग्रेडका लागि तपाईंले कोइन इन्सेन्टिभ पाउन सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०