सस्तो मूल्यमा ‘नोकिया ३.४’ नेपाली बजारमा, यस्ता छन् आकर्षक फिचर

Nokia-3.4-techpana

काठमाडौं । नोकियाले नयाँ स्मार्टफोनको रुपमा नोकिया ३.४ नेपाली बजारमा सार्वजनिक गरेको छ । शक्तिशाली प्रोसेसर, प्रिमियम डिजाइन र एन्ड्रोइड संयोजनका रुपमा उक्त फोन नेपाली बजारमा उपलब्ध हुने भएको हो ।

सस्तो मूल्यका साथ नेपाली बजारमा भित्रिएको याे फोनमा क्वालकम स्न्यापड्रागन ४६० प्रासेसर रहेको छ । यसमा ६.३९ इन्चको एचडी प्लस पञ्चहोल डिस्प्ले रहेको छ । एन्ड्रोइड वानको साथ उपलब्ध हुने उक्त फोनमा तीन वर्षको मासिक सेक्युरिटी अपडेट र दुई वर्षको ओएस अपग्रेड उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार फोनमा ५ एमपी अल्ट्रा-वाइड लेन्स र एआई इमेजिङका साथ ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ, जसको मद्धतले उत्कृष्ट फोटो तथा भिडियाेको मज्जा लिन सकिनेछ ।

फोनमा ४ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ । जसले गर्दा फोन एक पटकको चार्जमा दुई दिनसम्म टिक्ने दाबी कम्पनीले गरेको छ । नोकिया एन्ड्रोइड वनको एक हिस्सा भएकाले नोकिया ३.४ मार्फत प्रयोगतर्काले एन्ड्रोइड टेनमा उपलब्ध हुने हरेक फिचर प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै यसमा तीन वर्षसम्मको मासिक सेक्युरिटी अपडेट र दुई वर्षको सफ्टवेयर अपग्रेड उपलब्ध हुनेछ । आइतबारदेखि नेपाली बजारमा यो फोन ग्रे कलरमा उपलब्ध भएको छ ।

फाेनमा ३ जीबी र्‍याम र ६४ जीबी इन्टरनल मेमोरी रहेको छ, यसको बजार मूल्य १८ हजार ६ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team