close

निमा एकाडेमी एपको दोस्रो संस्करण सार्वजनिक, विद्यार्थीलाई यति धेरै सुविधा

टेकपाना टेकपाना

मंसिर ७, २०७७ १२:४०

निमा एकाडेमी एपको दोस्रो संस्करण सार्वजनिक, विद्यार्थीलाई यति धेरै सुविधा

काठमाडाैं । अनलाइन शिक्षा हाम्रो शिक्षा प्रणालीको अभिन्न अङ्गमा विकास हुँदै गइरहेको छ। यसले शिक्षा सहज बनाउनुका साथै, विद्यार्थी, शिक्षक, तथा शैक्षिक संस्थाबीचको भौतिक दूरीलाई कम गर्दै ज्ञान तथा सोचको आदान-प्रदानमा सहजता दिँदै आइरहेको छ ।

विश्वबजारमा कोर्सेरा, यूडेमी र खान एकाडेमी लगायतले आफ्नो वर्चश्व कायम गर्दै आएका छन भने अनेकौ संस्था आफ्नो छाप छाड्न तत्पर छन् । यसैगरी लर्निङ म्यानेजमेन्ट सिस्टमबाहेक इन्टरनेट/अनलाइन शिक्षाका लागि ह्वाट्सएप, म्यासेन्सर, स्काइप, जुमजस्ता एप विद्यार्थी तथा शिक्षकसँग जोडिन सक्छन् ।

तर म्यासेजिङ एपको पहुँच सीमित हुन्छ र धेरैजस्तो सीमित क्षेत्रफलभित्र मात्र सेवा उपलब्ध हुन्छ।साथै विद्यालय, शिक्षक तथा विद्यार्थीहरुबीच म्यासेजिङ र लर्निङ म्यानेजमेन्ट सिस्टमबाट गरिने भर्चुअल लर्निङको औचित्यको विषयमा भिन्न मत पाउन सकिन्छ । कोही यस शैक्षिक प्रणालीसँग सन्तुष्ट छन् भने अरुले यसका कमी-कमजोरी औल्याउँदै आइरहेका छन् ।

तर हालको कोभिड १९ महामारीले अनलाइन शिक्षा आजको अवस्थामा अत्यावश्यक भएकाे पुष्टि गरिसकेकाे छ । महामारीका कारण अनलाइन शिक्षाको कार्य कुशलता, आवश्यकता र कार्यशैलीको फाइदा अझ खुलेर प्रस्तुत गर्ने मौका मिलेकाे छ।

वर्तमानमा डिजिटल लर्निङले कोभिड १९ संक्रमण धेरै हदसम्म रोकथाम गर्न सहयोग गरेकाे छ । तर यस शिक्षण प्राणाली निरन्तरता दिन भने केही अप्ठ्यारो हुँदै आइरहेको छ। यही अप्ठ्यारा तथा कठिनाइको स्थायी विकल्प दिन निमा एकाडेमीले शिक्षक र विद्यार्थीमाझ निमा एकाडेमी एप ल्याएको छ।

यस एपमा लर्निङ म्यानेजमेन्ट कार्यक्रम र इन्टरयाक्टिभ लर्निङ प्रोग्रामको मिश्रण छ । एपमा भिडियो, थ्रीडी एनिमेशन, खेल, सवालजवाफ जस्ता विषयवस्तु छन्, जसले विद्यार्थीलाई पढाइप्रति आकर्षित गर्दछ।

यस एपका सम्पूर्ण विषयवस्तु अनुभवी र कुशल शिक्षक, कम्प्युटर प्राविधिक, डिजिटल निर्माता तथा रचनत्मक समूहद्वारा तयार पारिएकाे कम्पनीले जानकारी दिएकाे छ ।

निमा एकाडेमीमा नयाँ के छ ?

निमा एकाडेमी रचनात्मक र अन्तर्क्रियात्मक विषयवस्तुका साथमा विद्यार्थीहरुको शिक्षाको विकासमा तत्पर छ। यहाँका पाठ, प्रश्न र विद्यार्थीका प्रगति जाँच्ने प्रकृया विज्ञहरुद्वारा निर्माण गरिएकाे छ । साथमा सीप र बाैद्धिक विकासका लागि प्रशस्त पठनपाठन समाग्रीहरु पनि यस एपमा छन।

पाठ्यक्रम पथ प्रदर्शक

निमा एकाडेमीमा विद्यार्थीहरुले आफ्नो शिक्षा अघि बढाउनका लागि पाठ्यक्रम उद्देश्य, निर्देशनात्मक सामग्री, शैक्षिक मूल्याङ्कन र सारांश मूल्याङ्कन पाउन सक्छन् । यस एप विद्यार्थी र शिक्षकका लागि व्यापक पथ प्रदर्शक हो, जसले पठनपाठनमा पूर्ण मद्दत् गर्नेछ।

माग बमोजिम भिडियो र अन्तर्क्रियात्मक डिजिटल सामग्री

विद्यार्थीले पूर्व रेकर्ड गरिएको प्रत्यक्ष कक्षाका भिडियो आफ्नो डिजिटल उपकरणबाट आफूलाई पायक परेको स्थान र समयमा हेर्न सकिन्छ। यसरी, विद्यार्थीले शिक्षकबिना नै आफ्नो उपयुक्त समयमा कक्षामा भाग लिन सक्छ ।

विद्यार्थीले कक्षाका साथसाथै शिक्षालाई प्रोत्साहन दिने रमाइला सामग्री पनि पाउन सक्छ। यसैगरी, निमा एकाडेमीले व्यवहारिक शिक्षाको प्रचारका साथै रचनात्मक अन्तर्क्रियालाई समेत बढावा दिने गरेको छ।

शिक्षक सशक्तिकरण

निमा एकाडेमीले मूल विषयवस्तुका साथमा शिक्षककाे बौद्दिक क्षमता विकासमा जोड दिने गरेको छ। यसले शैक्षिक संसाधनका साथ शिक्षक सशक्तिकरणमा ठूलो भूमिका खेल्ने गर्छ। साथै निमा एकाडेमीका विषयवस्तु रचनात्मक र अन्तर्क्रियात्मक हुन्छन् र विज्ञ शिक्षाविद्बारा तयार गरिएको हुन्छ।

अन्तर्क्रियात्मक प्रश्नोत्तरी प्रत्येक अध्यायमा

विषयवस्तु सहज र गहन रुपमा बुझ्नका लागि हरेक अध्यायका अन्तिममा विद्यार्थीहरुले अन्तर्क्रियात्मक प्रश्नोत्तरीमा भाग लिना सक्छन् । यी प्रश्नोत्तरी अन्तर्कृयात्मक हुन्छन र विद्यार्थीले आफ्नो पाठ कतिको बुझेको छ भनेर स्वयम् मूल्याङ्कन गर्न पाउँछन् ।

साथै विद्यार्थीले आफ्नो कमी कमजाेरी पत्ता लगाई भुल सुधार गर्दै अघि बढ्न सक्छन् । विद्यार्थीले यस एपमा सहजताका लागि, चित्त नबुझुन्जेल प्रश्नोत्तरीका मध्यमबाट पनि प्रशिक्षण गर्न सक्छन्, जसले उनीहरुका लागि परीक्षामा मद्दत् पुग्नेछ।

परीक्षा तयारी प्रशिक्षण

परीक्षा तनाव पूर्ण हुन्छ। यस घडीमा विद्यार्थीले पढेका तथा तयार परेका सामग्री दिमागी तनावका कारण भुल्ने गर्छन् । यस्ता तनावलाई बिर्सेर पारीक्षा सरल पार्नका लागि निमा एकाडेमीले विद्यार्थीहरुका लागी मक टेस्टको परिवेश सिर्जना गरी परीक्षा तयारी प्रशिक्षण दिनुका साथै तनावसँग जुध्ने शैली पनि सिकाउने गर्छ।

वास्तविक प्रदर्शन ट्र्याकिङ र मूल्यांकन

प्रश्नोत्तरी, लाइभ टेस्ट, मक टेस्टका सहाराले विद्यार्थीले आफ्नो शैक्षिक प्रदर्शन ट्र्याकिङ र वास्तविक मूल्याङ्कन गर्न सक्छ। विद्यार्थीले विभिन्न कार्यबाट प्राप्त गरेका अंक चार्टमा समावेश हुन्छ र सोही चार्टका आधारमा आफ्नो कमी कमजाेरी थाहा पाई भुल सुधार गर्न सक्छ ।

निमा एकाडेमीको दोश्रो संस्करण

निमा एकाडेमीको तालिका अनुसार, निमा एकाडेमी एप नयाँ संस्करणमा प्रवेश गरेको छ। २०१८ मा सुरु भएको यस एपमा सुरुवातका दिनहरुमा सीमित विषयवस्तु थिए।

उदाहरणका लागि एपभित्रका पाठ्यक्रम कक्षा १ देखि ५ सम्म मात्र सीमित थिए। अबको नयाँ संस्करणमा भने सुदृण हुनुका साथै थप कक्षा र स्कुल-कनेक्टको सुविधा पनि छ ।

कक्षा अनुसार पाठ्यक्रम वर्गिकरण

अब विद्यार्थी तथा शिक्षकले कक्षा अनुसार पाठ्यक्रमहरू हेर्न सकिन्छ। साथै, यस एपमा विभिन्न परीक्षा प्रशिक्षणका पाठ्यक्रमहरू पनि समावेश गरिएको छ।

UX/UI सुदृढिकरण

एपको नयाँ संस्करणमा निमा एकाडेमी एपका प्रयोगकर्ताले सुदृण UX/UI पाउन सक्छन् । यसले एप प्रयोग गर्न अझ सहज बनाउन मद्दत गर्नुका साथै एप ब्राउजिङ पनि राम्रो गरेको छ।

प्रदर्शन सुधार गर्न

यस एप अन्तर्गत प्रश्नोत्तरी, परीक्षा तयारी प्रशिक्षण, प्रदर्शन ट्र्याकइङ र मूल्यांकन र अन्य सुविधाको सहयोगले विद्यार्थीले आफ्नो शैक्षिक प्रदर्शन सुधार गर्न सकिन्छ।

नोट

विद्यार्थीले हरेक पाथको नोट अब सजिलोसँग सञ्चय गरेर भविष्यमा पढ्न सक्छ । नोटहरु भिडियो, अडियो, इमेज, लिंक तथा भोइसका ढाँचामा सञ्चय गर्न सकिन्छ।

निमा कोइन्स

यस एपभित्र विद्यार्थीले शैक्षिक विषयवस्तु र प्रश्नोत्तरी पूर्ण गरेबापत निमा कोइन्स प्राप्त गर्छ । यो इनामले विद्यार्थीलाई पढ्न अझ प्रोत्साहन गर्दछ। यसैगरी, विद्यार्थीले आफ्नो साथीलाई एप सदस्यता लिन लगाएबापत पनि निमा कोइन्स कमाउन सकिन्छ। सञ्चित कोइन्स विद्यार्थीले थप पाठ्यक्रम खरिद गर्न प्रयोग गर्न सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०