close

प्रा.डा. शाक्यको अध्यक्षतामा ‘काउन्सिल फर इन्फर्मेशन टेक्नोलोजी नेपाल’ गठन

टेकपाना टेकपाना

मंसिर ७, २०७७ १५:३

प्रा.डा. शाक्यको अध्यक्षतामा ‘काउन्सिल फर इन्फर्मेशन टेक्नोलोजी नेपाल’ गठन

काठमाडौं । प्रा.डा. सुवर्ण शाक्यको अध्यक्षतामा काउन्सिल फर इन्फर्मेशन टेक्नोलोजी नेपाल गठन भएकाे छ । नेपालमा सूचना प्रविधि क्षेत्रकाे विकास, विस्तार र प्रवर्द्धनका लागि अगुवाइ गर्ने संस्थाकाे रूपमा याे काउन्सिलकाे स्थापना गरिएकाे हाे ।

शनिबार बसेको एक बैठकले प्रा.डा. शाक्यको अध्यक्षतामा २१ सदस्यीय कार्यसमितिको चयन गरेको छ । काउन्सिलको उपाध्यक्षमा नरेन्द्र बोहरा र प्रशान्त ठाकुर रहेका छन् । त्यस्तै महासचिवमा डा. भोजराज घिमिरे चयन भएका छन् । बैठकले सचिव पदमा क्रमशः रमेशसिंह साउद, सुर्य बहादुर बस्नेत र अरुण शर्मालाई नियुक्त गरेको छ ।

त्यस्तै अंकु जैसवाल संस्थाकाे काेषाध्यक्षमा चयन भएका छन् । सदस्यकाे जिम्मेवारीमा क्रमशः सत्यबहादुर महर्जन, हरिप्रसाद पन्त, कुमार प्रसुन, विकास न्यौपाने, जगदिश भट्ट र भोजराज जोशी रहेका छन् ।

चक्र रावल, उमेश आचार्य, पुरण अधिकारी, सुवास परियार, हिरण्य बस्ताकोटी, हरिनारायण यादव र सुदिपराज खड्का पनि संस्थाकाे सदस्यमा चुनिएका छन् ।

काउन्सिलले आईटी क्षेत्रको हकहितका लागि विभिन्न काम गर्ने उल्लेख गरेको छ । सरकार, आईटी उद्योग, शिक्षण संस्था लगायतका क्षेत्रमा स्पस्ट एजेन्डासहित काउन्सिलले नेतृत्वदायी काम गर्ने योजना ल्याएको छ ।

सचिव सूर्य बस्नेतले काउन्सिल मार्फत इन्फर्मेशन सिस्टम र इन्फर्मेशन टेक्नोलोजीसँगै रिसर्चका गतिविधि पनि गरिने बताए । उनले चाँडै नै डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत डिजिटल गभर्नेन्सको विषयमा कन्फ्रेन्स गरिने जानकारी दिए । साथै काउन्सिल अन्तर्गत चाँडै नै प्रदेश र विश्वविद्यालयस्तरीय समिति बनाउन लागेकाे पनि उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०