close

अब माइक्रोसफ्ट टिम्समा दिनभर निःशुल्क कल गर्न सकिने

टेकपाना टेकपाना

मंसिर ७, २०७७ १९:५३

अब माइक्रोसफ्ट टिम्समा दिनभर निःशुल्क कल गर्न सकिने

काठमाडौं । माइक्रोसफ्टले जुम तथा गुगल मिटलाई कडा टक्कर दिनका लागि आफ्ना टिम्सका प्रयोगकर्तालाई निःशुल्क रुपमा दिनभरको भिडियो कलिङ सुविधा दिन थालेको छ । माइक्रोसफ्ट टिम्सका प्रयोगकर्ताले अब दिनभर निःशुल्क रुपमा अडियो तथा भिडियो कल गर्न सक्नेछन् ।

नयाँ सुविधाको रुपमा टिम्समा ३०० प्रयोगकर्ता एकसाथ २४ घण्टासम्मको मिटिङ गर्न सक्नेछन् । जुमले हालै मात्र थ्याङ्स गिभिङ डेको रुपमा ४० मिनेटको सीमा समाप्त गरेको थियो ।

२४ घण्टाको फ्री कलिङ सेवाका अलावा माइक्रोसफ्ट टिम्समा एउटा नयाँ अपडेट समेत जारी भएको छ । जसबाट अब तपाईंले च्याटिङका लागि २५० जनाको ग्रुप बनाउन सक्नुहुनेछ ।

जसबाट ४९ जना एकसाथ स्क्रिनमा एउटै विण्डोजमा रहन सक्नेछन् । नयाँ अपडेट पश्चात च्याट हिस्ट्रीलाई मोबाइल तथा कम्प्युटर दुवैमा सिंक गर्न सकिनेछ ।

माइक्रोसफ्टले आफ्नो अपडेटको बारेमा ब्लग मार्फत जानकारी दिएको हो । माइक्रोसफ्ट टिम्समा कुनै व्यक्तिगत ग्रुपबाट फोटो तथा भिडियो शेयर गर्ने सुविधा समेत रहेको छ ।

डेक्सटपका अलावा माइक्रोसफ्टले चाँडै नै मोबाइल एपका लागि समेत एउटा नयाँ अपडेट जारी गर्ने छ । त्यसपश्चात तपाईंले त्यस्ता व्यक्तिहरुसँग समेत च्याट गर्न सक्नुहुनेछ, जसको फोनमा पहिलेदेखिनै टिम्स एप इन्स्टल रहेको छ ।

फोनमा एप नराख्ने प्रयोगकर्तालाई टेक्स्ट म्यासेज प्राप्त हुनेछ, त्यसको जवाफ उनीहरुले म्यासेजकै रुपमा दिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०