फेसबुक, टिकटक र पब्जीबाट अब सर्जकलाइ रोयल्टी, १५० भन्दा बढी च्यानलमा गीत राख्ने सुविधा

काठमाडौं । नेपाली कलाकार, सर्जक तथा निर्माताले आफ्ना गीत संगीत अब १५० भन्दा बढी स्टोरमा राख्न सक्ने भएका छन् । यसका लागि मनाेरञ्जन क्षेत्रमा काम गरिरहेकाे नेप्सिने कम्पनीले विश्वका लाेकप्रिय डिजिटल च्यालनहरूमा म्युजिक राख्ने सुविधा ल्याएको छ ।

कम्पनीले हालै फ्ल्यागशिप डिजिटल म्युजिक डिस्ट्रब्युसन प्लेटफर्म ‘नेप्सिने रिभोलुसन’ सार्वजनिक गरेकाे छ । याेसँगै नेपाली गीत तथा संगीत अन्तर्राष्ट्रिय प्लेटफर्ममा वितरण गर्दा भारतलगायत अरु विदेशी एजेन्ट्सहरुको प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य भएकाे कम्पनीले जनाएकाे छ ।

‘नेप्सिने रिभोलुसन’ ले स्पोटिफाई, अमेजन म्युजिक, एप्पल म्युजिक, डिजर, पन्डोरा जस्ता विश्वका १५० भन्दा बढी म्युजिक स्ट्रिमिङ र म्युजिक स्टोरमा निःशुल्क विश्वव्यापी वितरण गर्न सक्ने सुविधा दिएकाे छ । यो कार्यले नेपाली कलाकारहरुलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास कम्पनीकाे छ ।

साथै यस प्लेटफर्मकाे राइट्स म्यानेजमेन्ट फिचर प्रयाेग गरी सर्जक तथा निर्माताले फेसबुक, इन्स्टाग्राम, टिकटक, पब्जी जस्ता साेसल मिडिया र गेभ स्ट्रिमिङ सर्भिसमा प्रयाेग हुने सिर्जनाबाट सिधै रोयल्टी संकलन गर्न सक्नेछन् ।

यो सेवा नेपाललगायत विश्वका करिब ४० वटा देशमा उपलब्ध गराइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team