close

इन्स्टाग्रामबाटै आम्दानी गर्न यसरी बनाउनुहोस् प्रोफेसनल अकाउन्ट

टेकपाना टेकपाना

मंसिर ८, २०७७ १४:१९

इन्स्टाग्रामबाटै आम्दानी गर्न यसरी बनाउनुहोस् प्रोफेसनल अकाउन्ट

काठमाडौं । आजकल धेरैजसोले व्यक्तिहरुले सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम प्रयोग गरिरहेका छन् । सन् २०१० मा सार्वजनिक भएको इन्स्टाग्राम युवा पुस्तामाझ निकै लोकप्रिय भइरहेको छ ।

विश्वभर करोडौंले यो प्लेटफर्म प्रयोग गरिरहेका छन् । हामीले आफ्नो फोटो तथा भिडियो इन्स्टाग्राममा शेयर गरिरहेका हुन्छौं । धेरै प्रयोगकर्ता इन्स्टाग्राममार्फत नै अनलाइनमा बसिरहेका हुन्छन् ।

तर के तपाईंलाई थाहा छ, इन्स्टाग्रामबाटै पैसा पनि कमाउन सकिन्छ । ठूला ठूला सेलिब्रेटीहरुले यसबाट मासिक लाखौं रुपैयाँ आम्दानी गरिरहेका हुन्छन् । इन्स्टाग्राममा अनेक प्रकारका सेवाहरु छन् ।

जसमध्ये बिजनेस अकाउन्ट पनि एक हो । आज हामी तपाईंलाई इन्स्टाग्राममा बिजनेस अकाउन्ट कसरी बनाउने र त्यसबाट आम्दानी कसरी गर्ने भन्ने बारेमा बताउँदै छौं ।

के हो इन्स्टाग्राम बिजनेस अकाउन्ट ?

इन्स्टाग्राम पूर्णतः निःशुल्क प्लेटफर्म हो । तपाईं यसमा आफ्नो बिजनेस अकाउन्ट बनाएर विज्ञापन राख्न सक्नुहुन्छ र त्यसबाट पैसा कमाउन सक्नुहुन्छ ।

यस बाहेक तपाईंका फलोअर कहिले कतिखेर अनलाइन हुन्छन् भन्ने कुरा उनीहरुको देश तथा सहर अनुसारको जानकारी पनि राख्न सक्नुहुन्छ ।

तपाईंको कुन पोस्टलाई प्रयोगकर्ताहरुले हेरिरहेका छन् र त्यसको इम्प्रेसन कति छ भन्न कुरा समेत तपाईंले थाहा पाउन सक्नुहुन्छ । यसबाट तपाईंले आफ्नो व्यवसाय वृद्धि गर्न समेत सक्नुहुन्छ र आम्दानीको स्रोत बनाउन सक्नुहुन्छ ।

कसरी बनाउने ?

  • सबैभन्दा पहिला आफ्नो इन्स्टाग्राम जानुहोस् । त्यसमा लगईन गर्नुहोस् । यदि तपाईंको इन्स्टाग्राम अकाउन्ट छैन भने साइनअप गर्नुहोस् ।
  • अकाउन्ट बनिसकेपछि अब तपाईंले त्यसलाई बिजनेस अर्थात प्रोफेसनल अकाउण्टमा बदल्नुपर्नेछ । यसका लागि तल दायाँ कुनामा रहेको आफ्नो प्रोफाइलमा ट्याप गर्नुहोस् र एडिट प्रोफाइलमा जानुहोस् ।
  • त्यसपछि अन्तिम तिर तपाईंले स्विच टु प्रोफेसनल अकाउण्टमा दबाएर कन्टिन्यू थिच्नुपर्ने हुन्छ ।
  • अब आफ्नो अकाउण्टसँग मिल्ने क्याटेगरी छान्नुहोस् । तर यहाँनिर ख्याल राख्नुपर्ने कुरा के छ भने तपाईंको प्रोफेसनल अकाउन्ट पब्लिक अर्थात सबैले देख्न सक्ने स्वरुपमा परिवर्तन हुनेछ । यसको अर्थ इन्स्टाग्राममा तपाईंले राखेका सबै तस्वीर तथा भिडियो जोसुकैले हेर्न सक्नेछन् । फलोअरलाई एप्रुभ गर्नुपर्ने झञ्झट समेत समाप्त हुनेछ ।
  • यति गरेपछि तपाईंको बिजनेस अर्थात प्रोफेसनल अकाउण्ट तयार हुन्छ । इन्स्टाग्राममा बिजनेस अकाउण्ट बनाइसकेपछि तपाईंले यसमार्फत ट्राफिक ल्याउन तथा ब्राण्ड तथा प्रडक्टलाई प्रमोसन गर्न सक्नुहुनेछ । यसो गर्दा तपाईंको व्यवसायलाई फाइदा पुग्नेछ । यस्तोमा यदि तपाईंका फलोअर धेरै छन् भने इन्स्टाग्रामले विज्ञापन समेत दिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०