close

कोडिङ बिनै उत्कृष्ट वेबसाइट र एप बनाउन ‘कन्टेन्टडर’

टेकपाना टेकपाना

मंसिर ९, २०७७ १३:३७

कोडिङ बिनै उत्कृष्ट वेबसाइट र एप बनाउन ‘कन्टेन्टडर’

काठमाडाैं । डिजिटल संसारकाे उदयसँगै अब वेबसाइट सबैका लागि अनिवार्य भइसकेकाे छ । व्यवसायिक कम्पनी र संस्था मात्रै हाेइन, सामान्य व्यक्ति पनि डिजिटल प्लेटफर्ममा प्रवेश गरिरहेका छन् । अब वेबसाइट र माेबाइल एपबिना याे डिजिटल युग अधुराे छ । व्यापार व्यवसाय बढाउन वेबसाइट र माेबाइल एप बन्ने क्रम तीव्र विस्तार भइरहेकाे छ ।

यसकै लागि हाल वेबसाइट निर्माण गर्ने विभिन्न विकल्प तपाईं हामीसामु छ । यस्ता वेबसाइट बिल्डिङ टुलको प्रयोग गरी वेबसाइट निर्माण गर्न सकिन्छ । वेबसाइट र माेबाइल एप निर्माण गर्ने विश्वका अग्रणी प्लेटफर्मसँग प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ नेपालीहरुले नै स्थापना गरेको कन्टेन्टडर नामक क्लाउडमा आधारित वेबसाइट डेभलपमेन्ट प्लेटफर्मले विभिन्न नयाँ फिचर ल्याइरहेकाे छ ।

कन्टेन्टडर अस्ट्रेलियामा दर्ता गरी अन्तर्राष्ट्रिय बजारमा विस्तार भइरहेकाे एक कम्पनी हाे, जसकाे प्लेटफर्मकाे नाम पनि कन्टेन्टडर नै हाे । नेपाली आइटी कम्पनी ब्रेनडिजिट आइटी सोलुसनसँग सम्बन्धित कन्टेन्टडरले नेपाली प्रतिभाको प्रयोग गरी उत्कृष्ट वेबसाइट टेम्प्लेटहरु र कम्पोनेन्टहरुको विकास गरिरहेकाे छ ।

यसकाे सबैभन्दा राम्राे पक्ष भनेकै जाेकसैले पनि कन्टेन्टडर प्रयाेग गरी सजिलै उत्कृष्ट वेबसाइट सिर्जना गर्न र माेडिफाइ गर्न सक्छन् । साथै डिजाइनर र डेभलपरले आफ्ना कम्पोनेन्ट र टेम्प्लेटहरु बनाएर कन्टेन्टडर परिवारको एक भाग बन्ने अवसर पनि पाउँछन् ।

कम्पनीका संस्थापकहरू हुन्, निश्चलमान प्रधान र आलोक पाण्डे । उनीहरूका अनुसार कन्टेन्टडरले समयानुकूल नयाँ नयाँ फिचर थप गर्दै आएको छ । वेबसाइट निर्माणमा भर्खरै हात हालेका वा यसमा रुचि भएका व्यक्तिले बिना कोडिङ सजिलै आकर्षक वेबसाइट गर्न सकिने सुविधा यसले दिइरहेकाे छ ।

कन्टेन्टडरमा सोसल मिडिया म्यानेजमेन्ट, एसईओ टुल्स, डिजिटल मार्केटिङ सर्भिस लगायतका इनब्युल्ट मार्केटिङ फिचरहरु पनि रहेका छन् ।

के हाे कन्टेन्टडर ?

कन्टेन्टडर सासमा आधारित (SaaS based) वेब डेभलपमेन्ट प्लाटफर्म हो । यसले वेबसाइट बिल्डिङ र डिजिटल मार्केटिङका लागि ‘सिगंल सोलुसन’ को रुपमा काम गर्छ । कम्पनीका अनुसार कन्टेन्ट्डर सानादेखि ठूला हरेक प्रकारका बिजनेशका लागि उपयोगी हुन्छ ।

कन्टेन्ट्डरसँग युजर फ्रेन्ड्ली युएक्स/युआई (UX/UI) छ, जसबाट डिजाइनरले सामान्य र सहजपूर्वक वेबसाइट निर्माण पुरा गर्न सक्दछन् । हरेक डेभलपर, डिजाइनर र अनुभव कम भएका वेब प्रयोगकर्ताले पनि कन्टेन्टडरलाई सहजै बुझ्न सक्छन् ।

यसकारण वेबसाइट निर्माणमा भर्खरै हात हालेका वा यसमा रुचि भएका व्यक्तिले बिना कोडिङ सजिलै आकर्षक वेबसाइट गर्न सकिने सुविधा यसले दिएको छ ।

प्रयोगकर्ताले आफ्ना विभिन्न प्रयोजनका लागि कन्टेन्ट्डरका धेरै सुविधाहरु नि:शुल्क रुपमा उपयोग गर्न सक्छन, जसमा अनलिमिटेड स्टोरेज, सहज वेबसाइट बिल्डर, सबडोमेनहरु, अनलिमिटेड ब्यान्डविथ लगायतका सुविधाहरु छन् ।

योबाहेक कन्टेन्ट्डरमा थुप्रै प्रकारका कस्टमाइज्ड टेम्प्लेट र कम्पोनेन्टहरुको छनोट गर्न सकिने अवसर छ, जसका कारण वेबसाइट प्रयोगकर्ता आफैंले समेत पुरा वेबसाइट बनाउन सक्छन् ।

कन्टेन्टडरले प्रयाेगकर्ताका लागि नयाँ नयाँ फिचर ल्याउने गरेकाे छ, जसअन्तर्गत तपाईंले वेबसाइटबाटै डिजाइन, कस्टमाइज, ब्रान्ड र सेल गर्न सक्नुहुनेछ । यसका लागि कन्टेन्टडर डटकम सबडाेमेन लिन वा आफ्नो एक्जिस्टिङ डाेमेनमा कनेक्ट गर्न वा नयाँ बिजनेश डाेमेन गर्ने विकल्प दिन्छ ।

के छ नयाँ ?

कन्टेन्टडरलाई सुरुदेखि नै गैरप्राविधिकहरुले पनि प्रयोग गर्न सकिने गरी निर्माण गरिएपनि पहिले प्रविधिसँग केही जानकार भएकाहरूले मात्र यसकाे प्रयोग गरी वेबसाइट बनाउन सक्थे ।

कम्पनीका सहसंस्थापक आलोक भन्छन्, ‘कलर डिजाइन मिलाउन सामान्य मान्छेले सक्दो रहेनछ । यसकारण हामीले फिचर मात्रै दिएर भएन, कलर कम्बिनेशन, साइज, सेटिङ मिलाउन जानेनन् भने राम्रो वेबसाइट बन्दैन । यसकारण अहिले हामीले कन्टेन्टडरलाई एआई इनेबल गरिदिएका छौं ।’

उनले अगाडि थपे, ‘यसअन्तर्गत तपाईंले आफ्नो कन्टेन्ट हालिदिनुभयो भने त्यो कन्टेन्टबाट मिल्दोजुल्दो डिजाइन कस्तो हुन्छ, कुन कलरमा राम्रो देखिन्छ त्यो सबै स्वतः मिल्छ । यसकारण अब गैरप्राविधिक पृष्ठभूमिको व्यक्तिले पनि प्राविधिकले झैं सजिलै वेबसाइट बनाउन सक्ने हुन्छन् ।’

उनका अनुसार कन्टेन्टडरकाे पुरै सिस्टम पुरानाे डटनेटबाट काेर डटनेटमा माइग्रेट भइरहेकाे छ, जुन लिनक्स अपरेटिङ सिस्टममा चलिरहेको छ । साथै कन्टेन्टडरमार्फत पहिले बेसिक वेबसाइटहरु मात्रै बन्थ्यो अहिले फुल फ्लेजको मल्टीभेन्डर पावर गर्ने, बिजनेश एप्लिकेशन रन गर्ने वेबसाइट र एप्लिनेशन बनाउन सकिन्छ ।

न्युज, ईकमर्स, ब्लग, कर्पोरेट वेबसाइटका लागि कन्टेन्टडर एक कम्पिलट सोलुसन भएकाे आलोक बताउँछन् । त्यस्तै कन्टेन्टडरमा पहिले स्ट्याटिक खालका कन्टेन्टहरु मात्रै राख्नुपथ्र्यो भने अहिले डाइनामिक रुपमा भित्रैबाट म्यानेज गर्न सकिने गरी बनाइएको छ । जुन इन्ड युजरले बढी लाभ लिन सक्छन् ।

साथै हाल कन्टेन्टडरमा एक्स्पर्ट सेसन पनि ल्याइएको छ, जसअन्तर्गत प्रयोगकर्ताले काम दिन्छन् र ननटेक्निकल स्टार्टअप र व्यक्तिहरुले पनि फ्रिल्यान्सरकाे रूपमा काम गर्न सक्छन् । यसर्थ गैरप्राविधिकहरूले पनि वेबसाइट बनाउने, डिजिटल मार्केटिङ गर्ने लगायतका काम कन्टेन्टडर मार्फत गर्न सकिन्छ ।

कम्पनीले पछिल्ला डिजाइन ट्रेन्ड अनुसार प्राेफेसनल रूपमा डिजाइन भएका आकर्षक टेम्प्लेट प्रस्तुत गरिरहेकाे छ । बिजनेश र वेबसइटका लागि यी फरक फरक टेम्प्लेटहरूसँगै तपाईंको आवश्यकता अनुसार टेम्प्लेटहरू छनाैट गर्न सक्नुहुन्छ ।

यसअन्तर्गत ईकमर्स, प्रोफसनल वेबसाइट, ब्लग, न्युज पोर्टल आदिका लागि निःशुल्क टेम्प्लेट प्राप्त गर्न सक्नुहुनेछ ।

त्यस्तै सेक्युरिटीकाे कुरा गर्दा कन्टेन्टडरले समयानुकूल नयाँ फिचर थपिरहेकाे छ । सास (SaaS) मा आधारित भएकाले सर्भर र पूर्वाधार कम्पनीकै नियन्त्रणमा छ । ‘सबै सेक्युरिटी हामीले फायरवालबाट मेन्टेने गरिरहेका छौं । एप्लिकेशनमा पनि एसक्युएल इन्जेक्सन हन्ड्रेड पर्सेन्ट प्रिजेन्टेड छ’, आलोकले भने ।

‘जीडीपीआर’ सेक्युरिटी पनि पूर्ण रुपमा अवलम्बन गरेकाे कम्पनीले क्लाउडमा आधारित भएका कारण तीन रिजनमा समानान्तर ब्याकअप राखेकाे छ ।

खासगरी नेपालकाे सन्दर्भमा नयाँ प्रविधि विश्वास गर्ने संस्कार विकास भइसकेकाे छैन । तर कन्टेन्टडरमा एआई इनेबल गरेपछि भने विदेशका विभिन्न ठाउँबाट प्रयोगकर्ता बढिरहेका छन् ।

‘बाहिरका मान्छेहरुले प्रडक्ट कहाँ बनेको खासै हेर्दा रहेनछन् । यसको सिस्टम, फिचर, सपोर्ट राम्राे भयाे भने उनीहरू खुसी हुँदा रहेछन् । हामीले नेपाली कम्पनीहरुलाई पनि अप्रोच गर्यौं । धेरैजसाे वर्डप्रेसमै खुसी छाैं भन्छन् । तर बाहिर भने वर्डप्रेसकै एजेन्टहरुले पनि कन्टेन्टडरबाट वेबसाइट बनाइरहेका छन्,’ आलोकले सुनाए ।

कम्पनीले सुरूदेखि नै आफ्ना सेवा न्यूनतम मूल्यमै उपलब्ध गराइरहेकाे छ । वार्षिक ५ देखि ७ हजारमा वर्षभरीकै प्याकेज लिन सकिन्छ भने धेरे फिचर नि:शुल्क पनि उपलब्ध छ ।

प्रयोगकर्ताले आफ्ना विभिन्न प्रयोजनका लागि कन्टेन्ट्डरका धेरै सुविधाहरु नि:शुल्क रुपमा उपयोग गर्न सक्छन, जसमा अनलिमिटेड स्टोरेज, सहज वेबसाइट बिल्डर, सबडोमेनहरु, अनलिमिटेड ब्यान्डविथ लगायतका सुविधाहरु छन् ।

यति धेरै फिचर र सुविधा सहित कन्डेन्टडरले अन्तर्राष्ट्रिय बजारमा अन्य वेबसाइट बिल्डिङ टुलहरुसँग प्रतिस्पर्धा गरिरहेको छ । याे कम्पनीमा सुरुदेखि नै एक समर्पित टिम खटिइरहेकाे छ, जुन सिक्दै अघि बढ्दै छ । नेपाली प्रतिभा र खोज अनुसन्धानबाट परिस्कृत बनिरहेकाे कन्टेन्टडर आगामी दिनमा आफ्नो लक्ष्यमा पुग्न प्रतबिद्ध रहेको आलोक सुनाउँछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०