close

विण्डोज टेनमा अटो अपडेटलाई यसरी गर्नुहोस् डिसेबल

टेकपाना टेकपाना

मंसिर ८, २०७७ २०:४४

विण्डोज टेनमा अटो अपडेटलाई यसरी गर्नुहोस् डिसेबल

काठमाडौं । विण्डोज टेन अपरेटिङ सिस्टमले कम्प्युटरमा स्वतः नयाँ अपडेट डाउनलोड तथा इन्स्टल भइरहेकाे छ । यसमा भएको अटो अपडेट फिचरले डिभाइसलाई हरेक नयाँ सेक्युरिटी प्याचसँग अपडेट गराएर पर्फमेन्सलाई थप राम्रो बनाउने काम गर्दछ । 

तर कहिलेकाहिँ अपडेटहरु आफैं पनि बगसँग आउने हुँदा यसले असर पुर्‍याउँछ । यदि विण्डोज टेन अपरेटिङ सिस्टममा यस किसिमको समस्या तपाईंले पनि भोग्नुभएको छ भने आफ्नो कम्प्युटरको अटो अपडेटलाई डिजेबल गरिदिनुहोस् । आज हामी तपाईंलाई रजिस्ट्री इडिटरको प्रयोग गरी यसलाई डिजेबल गर्ने तरिका सिकाउने छौं । 

रजिस्ट्री इडिटर प्रयोग गरी यसरी डिसेबल गर्नुहोस् अटो अपडेट

१. रजिस्ट्री इडिटर आफ्नो कम्प्युटरमा खोल्नुहोस् । यसका लागि स्टार्ट मेनुमा गएर ‘Regedit’ शब्द सर्च गर्नुहोस् । अब रजिस्ट्री इडिटरमा क्लिक गरी त्यो एप्लिकेसन खोल्नुहोस् ।

Disable-Bing-Search-Windows-1

२. रजिस्ट्री इडिटरमा तल उल्लेखित कुरालाई नेभिगेट गर्नुहोस् ।

HKEY_LOCAL_MACHINESOFTWAREPoliciesMicrosoftWindows

३. अब नयाँ बनाएको कीलाई राइट क्लिक गर्नुहोस् र न्यु सबमेनु चयन गरी ‘की’ अप्सन चयन गर्नुहोस् । 

४. नयाँ बनाएको कीलाई ‘AU’नाम दिनुहोस् । अब एयु कीमा राइट क्लिक गरी  > DWORD (32-bit) Value सेलेक्ट गर्नुहोस् । 

५. यो नयाँ कीलाई ‘NoAutoUpdate’ नाम दिनुहोस् । त्यसपछि NoAutoUpdate कीमा डबल क्लिक गरी त्यसको भ्यालु वानमा परिवर्तन गर्नुहोस् । अब OK बटन क्लिक गर्नुहोस् । 

यस किसिमको परिवर्तन गरिसकेपछि कम्प्युटरलाई तपाईंले रिस्टार्ट गर्दा अझ राम्रो हुन्छ । यो प्रक्रिया पुरा गरिसकेपछि अब तपाईंको कम्प्युटरले अटो अपडेट कहिल्यै पनि इन्स्टल गर्दैन । 

नयाँ अपडेट कम्प्युटरमा इन्स्टल गर्न तपाईंले विण्डोज अपडेट सेटिङमा गएर Check for Updates बटनमा क्लिक गरी अपडेट उपलब्ध छ भने त्यसलाई डाउनलोड तथा इन्स्टल गर्नुपर्दछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०