close

सामसङको फोल्डेवल फोन ‘ग्यालेक्सी जेड थ्री’ को रिलिज डेट तय

टेकपाना टेकपाना

मंसिर ९, २०७७ २०:५५

सामसङको फोल्डेवल फोन ‘ग्यालेक्सी जेड थ्री’ को रिलिज डेट तय

काठमाडौं । सामसङले नयाँ फोल्डेवल फोन ग्यालेक्सी जेड फोल्ड थ्री सार्वजनिक गर्ने तयारी गरेको छ । पहिलो पटक फोल्डेवल फोन सार्वजनिक गर्दा खासै बजार लिन नसकेको कम्पनीले दोस्रो फोनबाट केही सफलता हात पारेको थियो ।

सामसङ ग्यालेक्सी जेड फोल्ड टु सार्वजनिक गरेसँगै राम्रो बजार लिएको फोल्डेवल फोनलाई थप परिस्कृत गर्दै नयाँ ल्याउने तयारी कम्पनीले गरेको छ ।

हाल प्राप्त भएको जानकारी अनुसार ग्यालेक्सी जेड फोल्ड थ्री सन् २०२१ को जुनमा सार्वजनिक हुनेछ ।

कोरियन मिडिया अजुन्युजका अनुसार कम्पनीले नयाँ फोनमा अन्डर स्क्रिन क्यामेरा टेक्नोलोजीको प्रयोग गर्नेछ । साथै उक्त फोनले एसपेन फिचर समेत सर्पोट गर्नेछ भने फाेनमा अल्ट्रा थिन ग्लासको प्रयोग गरिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०