close

सस्तो र आकर्षक फिचरसहित ‘पोको एम थ्री’ आज सार्वजनिक हुँदै

टेकपाना टेकपाना

मंसिर ९, २०७७ १५:५३

सस्तो र आकर्षक फिचरसहित ‘पोको एम थ्री’ आज सार्वजनिक हुँदै

काठमाडौं । पोको एम थ्री आज सार्वजनिक हुँदै छ । सार्वजनिक हुनुअघि नै यो स्मार्टफोनको बारेमा धेरै कुरा बाहिर आइसकेको छ ।

यो बजेट डिभाइस हो, जुन ६००० एमएएच ब्याट्री, क्वालकमको ६६२ स्न्यापड्रागन चिपसेट, ४८ मेगापिक्सेलकाे मुख्य क्यामेरा सहित ४ वटा क्यामेरा र ६.६३ इन्च स्क्रीन सहित आउने भएको छ । यो सम्भवतः पहेलो र कालो रंगमा उपलब्ध हुनेछ ।

पोको एम थ्रीकाे बिक्री युराेपबाट सुरू हुनेछ । लञ्च इभेन्ट नेपाली समयअनुसार अपरान्ह ५ः४५ देखि सुरु हुनेछ । कम्पनीको आधिकारिक फेसबुक, ट्वीटर र युट्युव च्यानल मार्फत इभेन्टकाे प्रत्यक्ष प्रसारण हुनेछ।

पोको एम थ्रीको मूल्य १४९ यूरोको आसपास हुने बताइएकाे छ, जुन २१ हजार रुपैयाँका हारहारीमा हुनेछ । यो मूल्य ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टाेरेज भेरियन्टको हाे ।

४ जीबी/१२८ जीबी भेरियन्टकाे भूल्य भने १६९ यूरो अर्थात् लगभग २४ हजार नेपाली रुपैयाँमा बिक्री हुनेछ । लिक भएको रिपोर्ट अनुसार युरोपमा उपलब्ध हुने मूल्यको तुलनामा अन्य देशमा पाेकाे एम थ्री केही सस्तो हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०