close

रोबोटबाटै सिमेन्टको गुणस्तर जाँच्दै रिद्धि सिद्धि (भिडियो सहित)

टेकपाना टेकपाना

मंसिर ९, २०७७ १६:४६

रोबोटबाटै सिमेन्टको गुणस्तर जाँच्दै रिद्धि सिद्धि (भिडियो सहित)

काठमाडौं । रिद्धि सिद्धि सिमेन्ट कम्पनीले नेपालमै पहिलोपटक युरोपियन प्रविधिमा आधारित अटोमेटिक सिमेन्ट गुणस्तर मापनका लागि रोबोटिक मशिन प्रयोगमा ल्याएको छ । कम्पनीले स्थापनाको केही महिनामै रोबोटिक ल्याब समेत स्थापना गरिसकेको छ । 

उक्त ल्याबबाट सिमेन्ट फ्याक्ट्री मानिसहरुबाट हुँदै आइरहेको गुणस्तर परीक्षणको काम अब स्वचालित हुने कम्पनीका प्रतिनिध अनुज महतले बताएका छन् । मानिसहरुबाट परीक्षण हुँदा त्रुटि हुने हुँदा अब यस किसिमको प्रविधिको प्रयोगसँगै गुणस्तर मापनमा हुने त्रुटि नहुने उनले बताए ।

विश्व प्रसिद्ध टेक्नोलोजी उपकरण निर्माणकर्ता कम्पनी एचएल स्मिथले बनाएको उक्त रोबोटिक उपकरणले २४ घण्टा सिमेन्टको परीक्षण मापन गर्ने उनले बताए । 

नेपालमा रोबोटिक ल्याब प्रयोग गरी सिमेन्ट उत्पादन गर्ने पहिलो कम्पनी भएको हुँदा रिद्धि सिद्धिको ट्याग लाइनमा गुणस्तरको नयाँ स्तर राखिएको भनाइ उनकाे छ । 

@techpana

“रिद्धि सिद्धि सिमेन्टले अटाेमेटिक सिमेन्टको क्वालिटी चेक गर्ने रोबट ल्याएको छ” #techpana #technology #robot #riddhisiddhicement #nepal #cement

♬ original sound – TechPana

सानो तिनो सिमेन्ट कम्पनीको बजेट नै लगानी गरेर आफूहरुले नयाँ रोबोटिक ल्याब स्थापना गरेको दाबी महतकाे छ ।

 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०