close

डिजिटल विकासमा अन्य देशसँग सहकार्य गर्न चीन इच्छुक

टेकपाना टेकपाना

मंसिर ११, २०७७ ९:५२

डिजिटल विकासमा अन्य देशसँग सहकार्य गर्न चीन इच्छुक

काठमाडौं । चीन सरकारले विश्वको डिजिटल विकासका लागि सहकार्य गर्न आफू तयार रहेको बताएको छ । कोभिड १९ का कारण विश्व अर्थतन्त्रमा परेको प्रभावलाई व्यवस्थित गर्न इन्टरनेट र अन्तराष्ट्रिय सहकार्य आवश्यक रहेकाे भन्दै चीनले यसका लागि ‘साझा साइबरस्पेस’ बनाउन तयार रहेकाे उल्लेख गरेकाे छ ।

राष्ट्रपती सी जिनपिङले भनेका छन, ‘हामी यसका लागि अन्य देशहरुसँग सहकार्य गरी यसबाट अवसर सिर्जना गर्न चाहन्छौं । नवप्रवर्तनकाे माध्यममार्फत डिजिटल सहकार्यको लागि नयाँ ठाउँ सिर्जना गर्न सकिन्छ ।’

उक्त सहकार्यले साइबर सेक्युरिटीको कम्युनिटी सिर्जना गरी मानवताका लागि उज्ज्वल भविष्य सिर्जना गर्न सकिने सीले २०२० वर्ल्ड इन्टरनेट कन्फ्रेन्समा पठाएको पत्रमा उल्लेख गरिएको छ ।

कोभिड १९ कारण विश्व अर्थतन्त्रमा देखिको समस्याको समाधानका लागि इन्टरनेट नै सबैभन्दा महत्वपूर्ण माध्यम भएको भन्दै उनले टेलिमेडिसिन, ईलर्निङका साथै अनलाइन सहकार्य गर्न सकिने प्ल्याटर्फमको प्रयोग आवश्यक भएको समेत उनले बताएका छन् ।

एजेन्सीकाे सहयाेगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०