close

पब्जी ग्लोबल च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्दै नेपाली टिम, यसरी हेर्नुहोस् लाइभ

टेकपाना टेकपाना

मंसिर ९, २०७७ १७:२५

पब्जी ग्लोबल च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्दै नेपाली टिम, यसरी हेर्नुहोस् लाइभ

काठमाडाैं । युएईमा आजदेखि पब्जी गेम ग्लाेबल च्याम्पिनयशिप (पीएमजीसी) सुरू भएकाे छ । चार हप्तासम्म सञ्चालन हुने च्याम्पियनशिपमा नेपालकाे तर्फबाट दुई पब्जी टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

एबररप्ट स्लेयर र दी रियल साेल्डर्स (डीआरएस गेमिङ) ले ग्लाेबल च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्दै छन् । एबररप्ट स्लेयरले पब्जी मोबाइल प्रो लिग साउथ एसियाको उपाधि जित्दै ग्लाेबल च्याम्पियनशिपका लागि स्थान बनाएकाे थियाे ।

सोही प्रतियाेगिताकाे दोस्रो स्थानमा आएको दी रियल सोल्डरले पनि ग्लाेबल च्याम्पियनशिपमा सहभागिता जनाउँदै छ । पब्जी मोबाइल ईस्पोर्टस्काे फेसबुक पेज, युट्युव च्यानल र ट्विच डट टिभीबाट याे लाइभ भिडियाे हेर्न सक्नुहुनेछ ।

हेर्नुहाेस् लाइभ भिडियाे (नेपालीमा)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०