close

डिशहोममा हास्य टेलिसिनेमा ‘खै कुरा बुझेको ?’ प्रसारण हुँदै

टेकपाना टेकपाना

मंसिर ९, २०७७ २०:३४

डिशहोममा हास्य टेलिसिनेमा ‘खै कुरा बुझेको ?’ प्रसारण हुँदै

काठमाडौं । डिशहोमको रियालिटी टिभी च्यानल १०२ मार्फत अब हास्य टेलिसिनेमा ‘खै कुरा बुझेको ?’ हरेक बुधबार राति ८ः३० बजे प्रसारण हुने भएको छ । विणभ क्रियशन र स्वस्तिक सिने आर्ट्सको प्रस्तुतिमा निर्मित ‘खै कुरा बुझेको ?’ हास्य टेलिसिनेमाको लेखन तथा निर्देशन सञ्चारकर्मी तथा सिने निर्देशक समिर जोशीले गरेका छन् ।

‘खै कुरा बुझेको ? टेलिसिनेमाको कलाकारहरुमा शितल केसी, श्याम राई, युगज्योति क्रियाशिल, अस्मिता बस्नेत, निशा पाख्रिन, सविता खड्का, सुस्मिता न्यौपाने, दिपेश बञ्जारा, सागर गिरी, सागर बस्नेत, समिर जोशी लगायतको अभिनय रहेको छ ।

यस कार्यक्रम शृंखलाकाको निर्देशन बाणी पोखरेलले गरेका छन् भने टेलिसिनेमाको निर्माता सागर बस्नेत हुन् । टेलिसिनेमाको छायांकन दिलिप विष्टले गरेका हुन् भने सम्पादनमा सुनिल श्रेष्ठको रहेको छ ।

सञ्चारका पहुँच नपुगेका दूरदराजका ग्राहकहरुले समेत आफूले मनले खाएको अथवा चाहेको नेपाली मनोरञ्जनमूलक कार्यक्रमहरु डिशहोमको आफ्नै च्यानेलहरुमार्फत छानीछानी नयाँनयाँ सजिलै हेर्न पाउने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०