close

भिभोको बम्पर उपहार जित्न अझै ६ दिन बाँकी

टेकपाना टेकपाना

मंसिर ९, २०७७ २१:३०

भिभोको बम्पर उपहार जित्न अझै ६ दिन बाँकी

काठमाडौं । चाडपर्वको अवसरमा अक्टोबर ९ देखि भिभोले आयोजना गरेको फेस्टिभ लक्की ड्रका आकर्षक उपहारहरु जित्न तपाईंसँग अझै ६ दिन बाँकी छ ।  

भिभोले हालै सार्वजनिक गरेको भी २० सिरिजका स्मार्टफोनहरु भिभो भी २० र भी २० एसईको खरिदमा अझै पनि यो अफर मान्य रहने कम्पनीले बताएको छ । 

भिभोको यो स्किममा लक्की ड्र मार्फत ग्राहकहरुले ४३ इन्चको स्मार्ट टिभी, ईयर बड, पावर बैंङ्क, स्क्रिन रिप्लेसमेन्ट, इयरफोन जित्नसक्ने छन् ।

यसबाहेक भिभो भी २० को खरिदमा अन्य आकर्षक वित्तीय डिल जस्तै बिना शुल्कको ईएमआई अप्सन, शुन्य डाउन पेमेन्ट स्किम समेत प्राप्त गर्नसक्ने छन् । 

भिभोको यो स्किममा सहभागी हुन भिभोकै आधिकारिक आउटलेटबाट मात्र स्मार्टफोन खरिद गर्नु पर्नेछ । 

यस अफरमा हालसम्म १३ हजारर ग्राहक सहभागी बनेका छन् । उक्त स्किम नोभेम्बर ३० देखि अन्त्य हुनेछ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०