close

अनलाइनबाटै जागिर र कर्मचारी खोज्न मिल्ने ‘लेजेण्ड्स जोन’

टेकपाना टेकपाना

मंसिर १०, २०७७ ११:५५

अनलाइनबाटै जागिर र कर्मचारी खोज्न मिल्ने ‘लेजेण्ड्स जोन’

काठमाडौं । सीप अनुसारको काम नमिल्नु र जिम्मेवारी अनुसारको सीप नहुनु धेरैका लागि समस्या बनिरहेकाे छ । तर पछिल्लो समय उदाएको अनलाइन जब पोर्टलको अवधारणाले यो आम समस्यालाई चिर्न केही सजिलो बनाइदिएको छ । 

यस्तै किसिमको समस्याको समाधान गर्न उज्जवल घिमिरे र रामकाजी राईको टिमले बजारमा अहिले लेजेण्ड्सजोन नामको नयाँ एसएसआर जब पोर्टलको सुरुवात गरेको छ । 

लेजेण्ड्स जोन एउटा नि:शुल्क जब पोस्टिङ अनलाइन प्लेटफर्म हो । यहाँ रोजगारदाता कम्पनीहरुले आवश्यक कर्मचारीका लागि विवरण खुलाएर जब पोस्ट गर्न सक्छन् । यसैगरी इच्छुक पेशाकर्मीहरुले पनि आफ्नो सिभी तथा डेटा साइटमा राख्न सक्छन् ।

साइटमा जब भ्याकेन्सी तथा सीभी डेटा पोस्ट गर्नका लागि भने आफ्नो अकाउन्ट बनाएर साइनअप गर्नुपर्नेछ । साइनअपका लागि रोजगारदाता कम्पनी र पेशाकर्मीहरुले छुट्टै किसिमका अकाउन्टमा साइनअप गर्नु पर्नेछ । 

यसरी डेटा तथा सिभी पोस्ट भएपछि रोजगारदाता कम्पनीहरुले आफ्नो आवश्यकता अनुसारको शीर्षकको कमर्चारी पोर्टलभित्र रहेको विभिन्न क्याटेगोरीमा गएर खोज्न सक्छन् । 

नेपालका ठूला इन्टरनेट सेवा प्रदायकहरू वर्ल्ड लिङ्क तथा सुबिसुका लागि अप्टिकल फाइबर नेटवर्कसम्बन्धी उपकरणहरु आपूर्ति गर्ने कम्पनी डीटेक ट्रेडिङका सञ्चालक उज्जल घिमिरे र रामकाजी राईले कोरोनाको महामारीबीच लेजेण्ड्स जोनको स्थापना गरेका हुन् । 

कम्पनीहरुले इच्छुक पेशाकर्मीहरुले डेटा हेर्न तथा डाउनलोड गर्न सक्ने कम्पनीका संस्थापक मध्येका एक रामकाजी राई बताउँछन् । 

यस्तै सिस्टममा गोपनीयताको संरक्षण गर्नका लागि क्यान्डिडेटहरूबीच एकअर्काको डेटा तथा सिभी एउटाले अर्कोको हेर्न पाउने साथै पेशाकर्मीले आफू काम गरिरेको कम्पनीबाट आफ्नो डेटा लुकाउने कम्पनीलाई ब्लक समेत गर्नसक्ने सिस्टममा व्यवस्था रहेको राईले बताए । 

हालका लागि वेब एप्लिकेसमा मात्र उपलब्ध यस जब पोर्टल विज्ञापन रहित रहेको र डीटेक ट्रेडिङकै आयबाट सञ्चालन भइरहेको संस्थापक घिमिरेले बताए । साइटमा अहिले सरकारी संस्थाहरुको विज्ञापन समेत राखिएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०