close

लगातार चिनियाँ एप बन्द गर्दै भारत, अलिबाबा एक्सप्रेस पनि प्रतिबन्धमा

टेकपाना टेकपाना

मंसिर १०, २०७७ २०:२५

लगातार चिनियाँ एप बन्द गर्दै भारत, अलिबाबा एक्सप्रेस पनि प्रतिबन्धमा

काठमाडौ । सुरक्षाको कारण देखाउँदै भारतले थप ४३ वटा माेबाइल एप बन्द गरेको छ । मंगलबार भएको उक्त निर्णयसँगै चीनको सबैभन्दा ठूलो ईकमर्स कम्पनी अलिबाबाको एप पनि प्रतिबन्धमा परेको छ ।

भारतको सूचना प्रविधि मन्त्रालयले एप्लिकेसन उद्योगलाई लक्षित गर्दै लगाएको प्रतिबन्ध यो चौंथाे पटक हो । एप्लिकेसनमाथि लगाइएको प्रतिबन्धले भारतका करोडौं मोबाइल र इन्टरनेट प्रयोगकर्ताहरुको इच्छाको कदर गरेको विश्वास मन्त्रालयले लिएको छ ।

भारतको साइबर सुरक्षा र राष्ट्रियताका लागि यस्तो निर्णय गरिएको उसले उल्लेख गरेको छ । मोबाइल एपको दुरुपयोग धेरै भएको घटना आएसँगै एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध यस्ता एपहरूमा प्रतिबन्ध लगाउनुपरेको मन्त्रालयले बताएको छ ।

यसअघिका प्रतिबन्धमा टिकटक, विच्याट, बैडु लगायतका चर्चित एप समावेश थिए भने यसपटक अलिबाबा एक्सप्रेस परेको छ ।

देशको सार्वभौमिकता र अखण्डतामा आँच आउने भन्दै भारत सरकारले थप ४३ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएकाे हाे । योसँगै भारतमा हालसम्म कुल २ सय ५० भन्दा बढी एप बन्द भएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०