close

इन्टरनेट सम्बन्धी गुनासो निःशुल्क टिपाउन यस्ता छन् आईएसपीका टोल फ्री नम्बर

टेकपाना टेकपाना

मंसिर १०, २०७७ १५:२०

इन्टरनेट सम्बन्धी गुनासो निःशुल्क टिपाउन यस्ता छन् आईएसपीका टोल फ्री नम्बर

काठमाडौं । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले केही समयअघि इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले अनिवार्य रुपमा टोल फ्री नम्बर राख्नुपर्ने निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा हाल ३० इन्टरनेट सेवा प्रदायकले टोल फ्री नम्बर उपलब्ध गराएका छन् ।

पहिलो चरणमा चार सेवा प्रदायकले मात्रै टाेल फ्री नम्बर उपलब्ध गराएपछि अन्यलाई कारबाही गर्ने तयारी भएसँगै टोल फ्री नम्बर राख्ने सेवा प्रदायक थपिएका छन् ।

अनुमतिपत्रको शर्त कार्यान्वयन गर्न र ग्राहकहरुको गुनासो समाधान गर्नका लागि भन्दै प्राधिकरणले सेवा प्रदायकलाई टोल फ्री नम्बर राख्न निर्देशन दिएको हो ।

सेवा प्रदायकले अनुमतिपत्रको शर्तअनुसार शुल्क सम्बन्धी विवरण निःशुल्क रुपमा उपलब्ध गराउनु पर्नेछ । साथै ग्राहकको गुनासो तोकिएको समयभित्र समाधान गर्नुपर्ने छ ।

तर इन्टरनेटको गुनासो गर्ने विषयमा कम्पनीहरुले राम्रो व्यवस्था नगर्दा ग्राहक मर्कामा परिरहेकाले सेवा प्रदायकले अनिवार्य रुपमा टोल फ्रि नम्बर राख्नुपर्ने निर्देशक प्राधिकरणले दिएको थियो । यसको उद्देश्य ग्राहकले चाहेको समयमा सेवा प्रदायकलाई आफ्नो गुनासो टिपाउन सकुन् भन्ने हो ।

प्राधिकरणका निर्देशक विजयकुमार रोय भन्छन, ‘अहिले स-साना गुनासा पनि सिधै प्राधिकरणमा आउने गरेका छन् । टोल फ्री नम्बर भएको खण्डमा ग्राहकले सुरुमा सेवा प्रदायकलाई आफ्नो समस्याबारे जनाकारी गराउन सक्नेछन् । त्यहाँबाट समस्या समाधान नभएका गुनोसाहरु मात्र फिल्टर भएर प्राधिकरणमा आउन् भन्ने पनि हो ।’

यस्ता छन् आईएसपीका टोल फ्री नम्बर

1Nepal Doorsanchar Company Ltd.1498, 198
2Worldlink Communications Ltd.166001-55050
3Subisu Cablenet Pvt. Ltd.166001-59999
4Broad Band Nepal Pvt. Ltd.166071-52004
5Techminds Networks Pvt. Ltd.16605651222 (for NT Users), 9801575666 (for Ncell Users)
6East Link Technology Pvt. Ltd.166001-95985
7Sky Broadband Pvt. Ltd.166001-58887
8Himalayan Online Services Pvt. Ltd.16600149520
9Arrow Net Pvt.Ltd.,16600142222
10Metrolink Business Group Pvt.Ltd.,16607156222
11Big Marshyangdi Net Pvt.Ltd.,9801565666
12Prabhu Digital Ltd.16600178999,
980157199
13Classic Tech Pvt.Ltd.16600150999
14Pokhara Internet Pvt. Ltd.O61-540188,
061-520910
15Vianet Communication Pvt. Ltd.16600188444
16Mercantile Communication Pvt.Ltd.16600100822
17Super Eight Network Pvt.Ltd.9801575750
18Infonet Communication Pvt. Ltd.1660774002
19Unified Communication Pvt. Ltd.16602358666
20Broadlink Communication Pvt. Ltd.9801571235
21TechMinds Network Pvt.Ltd.16605651222,
9801575666
22Pvt. Ltd Ultra Net Communication16601166729
23Web Network Pvt. Ltd16607156555
24First Link Communications Pvt.Ltd16602358555
25Everest Wireless Network Pvt.Ltd.9801571005 NCELL, 16608352003
26Simpal Media Network Pvt.Ltd., (SIMTV )9801544000
27Mahakali Digital Network Pvt. Ltd.1660017899 NTC,
9801571999 NCELL
28Shangrila Informatics Pvt.Ltd16600102725
29Sustainable Networks Pvt. Ltd16600119335
30Loop Networks Pvt. Ltd9801571570

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०