close

छारे रोगका बिरामीका लागि टिकटकले ल्यायो नयाँ फिचर

टेकपाना टेकपाना

मंसिर १०, २०७७ १६:३

छारे रोगका बिरामीका लागि टिकटकले ल्यायो नयाँ फिचर

काठमाडौं । टिकटकले बुधबार नयाँ फिचर ल्याएकाे छ । फोटो सेन्सेभिटिभ इपिलिप्सी अर्थात् छारे रोग भएका मानिसहरुका लागि टिकटकले यो फिचर ल्याएको हो ।

यसअन्तर्गत त्यस्ता मानिसहरुले आफ्नो विमार बल्झाउने किसिमका भिडियो सामग्रीलाई अटोमेटिक रूपमा ‘स्किप’ गर्न सक्छन् । आगामी केही हप्तामा टिकटकले आफ्ना सबै प्रयोगकर्ताहरुका लागि ‘स्किप अल’ अप्सन ल्याउँदैछ । 

टिकटकले केही महिनाअघि फ्ल्यास लाइट्स वा कुनै विशेष दृष्य ढाँचा प्रयोग गर्दा फोटोसेन्सेटिभ इपिलिप्सीका बिरामीहरुमा असर पर्ने भन्दै भिडियो क्रिएटरमाझ अटोमेटिक वार्निङ जारी गरेको थियो । जब क्रिएटरहरुले त्यस किसिमका भिडियोहरु अपलोड गर्दथे, तब टिकटकले स्वत: त्यसमा वार्निङ स्क्रिन जारी गर्दथ्यो । 

TikTok's warning for videos with content that can trigger epileptic seizures

प्रयोगकर्ताहरुले उक्त ‘स्किप अल’ अप्सनलाई टर्न अन गरिसकेपछि टिकटकले प्रयोगकर्ताको फिडबाट त्यस किसिमका भिडियोलई आफैं हटाइदिनेछ । 

एपिलेप्सी फाउण्डेसनका अनुसार यस किसिमका राेगबाट विश्वभर साढे ६ करोडभन्दा धेरै मानिस प्रभावित छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०