close

स्वदेशी उत्पादन प्रवर्द्धन गर्न सफ्टवेयर एक्स्पो हुँदै

टेकपाना टेकपाना

मंसिर १०, २०७७ २१:३०

स्वदेशी उत्पादन प्रवर्द्धन गर्न सफ्टवेयर एक्स्पो हुँदै

काठमाडौं । नेपाली सफ्टवेयर उत्पादन तथा सिङ्गो उद्योगलाई नै प्रचार गर्ने उद्देश्यले सफ्टवेयर एक्स्पो नेपाल २०२० आयोजना हुने भएकाे छ ।

नेपालका साना ठूला कर्पोरेट उद्योग तथा व्यक्तिहरु सफ्टवेयर उद्योगमा सक्रिय रुपमा सहभागी भइरहेका छन् । यस किसिमको कार्यक्रमले उनीहरुको काम, उपलब्धिलाई मानिसहरुमाझ पस्कँदै युवालाई प्रविधिमा आकर्षित गराउने कार्यक्रमको उद्देश्य रहेको छ । 

सफ्टवेयर एक्स्पो नेपालले स्वदेशी सफ्टवेयर कम्पनीहरुको सहभागिताका लागि आवेदन खुल्ला गरिसकेको छ । सहभागीहरुले आफ्नो भिडियोको विस्तृत रुपमा व्याख्या गरेको रेकर्ड भिडियो पठाउनु पर्नेछ ।

एक्स्पाेको टिमले सम्पूर्ण भिडियोहरुलाई संकलन गर्नेछ भने त्यस्ता भिडियो चार दिनसम्म दैनिक एक घण्टा हिमालयन टेलिभिजनमार्फत प्रिमियर हुनेछ । साथै ती भिडियोहरु फेसबुक र युट्युब जस्ता सोसल मिडियाबाट पनि वेबकास्ट हुनेछ । 

आयोजकले आगामी दिनमा यो एक्स्पोलाई वार्षिक समारोहको रुपमा सञ्चालन गर्ने बताएको छ । एसईएन २०२० मा सबै किसिम तथा आकारका सफ्टवेयरहरु सो गर्न विभिन्न रोचक सेग्मेन्ट पनि राखिने आयोजकले बताएको छ ।  

इच्छुकहरुले १४ डिसेम्बरसम्म आवेदन दिनुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०