close

घरमै फिल्म हलको अनुभव दिने एलजीको नयाँ फोरके प्रोजेक्टर

टेकपाना टेकपाना

मंसिर १२, २०७७ १०:४१

घरमै फिल्म हलको अनुभव दिने एलजीको नयाँ फोरके प्रोजेक्टर

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले भर्खरैमात्र फोरके सिनेमा प्रोजेक्टर सार्वजनिक गरेको छ । कोभिड १९ का कारण फिल्म हल बन्द भएको अहिलको अवस्थामा घरमै फिल्महलको अनुभव प्रदान गर्ने गरी एलजीले फोरके प्रोजेक्टर सार्वजनिक गरेको हो ।

एलजी सीनेबिमलेजर फोरके सिरिजमा सार्वजनिक भएको उक्त प्रोजेक्टरको मोडल एचयु८१०पीडब्लु रहेको छ । यसमा ट्रिपल इमेज एड्जस्टमेन्ट फिचर रहेको छ । जसको बजार मूल्य ३ हजार ४ सय डलर रहेको छ ।

प्रोजेक्टरमा रहेको लेन्समार्फत जस्तोसुकै अवस्थामा रेक्ट्याङ्गुलर स्क्रिन बनाउन सकिनेछ । प्रोजक्टरमा १.६ टाइम्स जुम रहेको छ । जसमार्फत डिस्प्ले हुने पिक्चर मिलाउन सहज हुनेछ । यसले आईरीस मोड सपाेर्ट गरेकाे छ ।

जसमार्फत प्रयोगतर्काले कोठा अनुसार लाइट मिलाउन सक्ने उल्लेख गरिएको छ । कम्पनीका अनुसार एलजी वेबओएसमा आधारित यो प्रोजेक्ट नेटफ्लिक्स, युट्युव जस्ता प्लेटफर्मका भिडियोका लागि पनि मिल्ने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०