close

इन्फीको किताब कार्निभल अभियान मंसिर १६ देखि

टेकपाना टेकपाना

मंसिर ११, २०७७ १३:५४

इन्फीको किताब कार्निभल अभियान मंसिर १६ देखि

काठमाडौं । दैनिक आवश्यकताका खाद्य वस्तु डेलिभर गर्दै आइरहेको ईकमर्श प्लेटफर्म इन्फी स्टोरले आफ्नो प्रडक्ट रेन्जमा पुस्तक पनि थप गरेको छ । 

इन्फी स्टोरलाई पुस्तकहरुको ‘वान स्टप हब’ को रुपमा विकास गर्ने उद्देश्यले इन्फीले ‘इन्फी किताब कार्निभल’ को नयाँ अभियान थालनी गरेको छ । 

यस अभियानका लागि इन्फीले देशका विभिन्न भागका बुक स्टोरसँग सहकार्य गरेर पुस्तक बिक्रीका लागि उनीहरुलाई अनलाइन सेल्स प्लेटफर्म प्रदान गर्नेछ । 

इन्फीस्टोरबाट पुस्तक खरिद गर्ने ग्राहकहरुले पुस्तकमा ८० प्रतिशतसम्म छुट पाउनसक्ने बताइएको छ । इन्फीले देशभरका पुस्तक प्रेमीहरुका लागि पुस्तक डेलिभरी गर्ने र काठमाडौंमा यो डेलिभरी निःशुल्क हुने बताएको छ । 

साथै इन्फीले नेपालीहरुमा पुस्तक पठनको संस्कृति विकास गर्न यो अभियानलाई दीर्घकालीन उद्देश्य सहित वार्षिक रुपमा पनि सञ्चालन गर्ने बताएको छ ।

इन्फीले आफ्नो यो अभियान डिसेम्बर १ देखि १४ सम्म सञ्चालन गर्ने बताएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०