close

नास्टका पूर्वउपकुलपति केदारलाल श्रेष्ठको निधन

टेकपाना टेकपाना

मंसिर ११, २०७७ १५:३५

नास्टका पूर्वउपकुलपति केदारलाल श्रेष्ठको निधन

काठमाडौैं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका पूर्व उपकुलपति एवं भौतिकशास्त्री केदारलाल श्रेष्ठको ८२ वर्षकाे उमेरमा मंगलबार निधन भएको छ ।

उनी सन् १९९२ देखि १९९७ सम्म नाष्टका उपकुलपति रहेका थिए । शालिन भाैतिकशास्त्रीकाे छवि बनाएका उनले लामाे समयसम्म त्रिभुवन विश्वविद्यालय केन्द्रीय भौतिकशास्त्र केन्द्रीय विभागमा अध्यापन गरे ।

साथै साे विभागमा उनले सन् १९७४ देखि १९७६ सम्म प्रमुख भएर काम गरे । उनले तत्कालीन रिकाष्टमा ६ वर्ष, नाष्टमा ५ वर्ष र विज्ञान मन्त्रालयको सल्लाहकार भएर समेत काम गरेका थिए ।

श्रेष्ठ १९७९ देखि १९८६ सम्म रिकास्टमा कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए । श्रेष्ठका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०