close

तामाको तारभन्दा यसकारण छिटो हुन्छ फाइबर अप्टिक्स

टेकपाना टेकपाना

मंसिर १२, २०७७ १५:३८

तामाको तारभन्दा यसकारण छिटो हुन्छ फाइबर अप्टिक्स

काठमाडौं । फाइबर अप्टिक्स केबल कपर वायर (तामाको तार) भन्दा किन छिटो हुन्छ ? तपाईंले यो कुरामा कहिल्यै विचार गर्नुभएको छ ?

यसको प्रसंग निकै रोचक छ । १९ औं शताब्दीमा टेलिफोन र इलेक्ट्रोम्याग्नेटको आविष्कार भएदेखि कपर वायर  विद्युतीय प्रयोजनका लागि प्रयोग हुँदै आइरहेको छ ।

त्यस समय कपर वायर लामो दुरीको सञ्चारका लागि प्रयोग हुन्थ्यो । सन् १९५० मा फाइबर अप्टिक्सको आविष्कार नभएसम्म कपर वायरलाई धेरै मूल्यवान धातुको रुपमा लिइन्थ्यो । 

तर फाइबर अप्टिक्सलाई दूरसञ्चारका लागि व्यापक रुपमा प्रयोग गर्न धेरै नै समय लाग्यो । अन्त्यमा यसले कपर केबलको प्रयोगलाई नै धेरै प्रयोजनबाट विस्थापित गरिदियो । 

फाइबर अप्टिक्स किन हुन्छ छिटो ?

फाइबर अप्टिक्सले एलईडीबाट उत्पादन लाइट पल्सलाई प्रयोग गरी ग्लास वा विशेष किसिमको प्लास्टिक भित्रबाट डेटा ट्रान्समिट गर्दछ । तथा कपर वायर भने डेटा ट्रान्समिसनका लागि विद्युतीय करेन्टमा निर्भर हुन्छ ।

डेटा कपर केबलमा इलेक्ट्रिकल पल्सको रुपमा ट्रान्समिट हुन्छ । एउटा डिटेक्टरले सिग्नललाई रिसिभ गरी डिकोड गर्छ ।

यस्तो समय सिग्नल जति धेरै लामो दुरीको यात्रा गर्छ, त्यति नै धेरै यो बिग्रिने गर्छ । कपर वायरमा यही प्रक्रिया दोहोरिन्छ ।

तर फाइबर अप्टिक्समा ट्रान्समिटरले इलेक्ट्राेनिक्स सूचनालाई लाइट पल्समा परिणत गरिदिन्छ । यस किसिमका पल्स बाइनरी सिस्टममा रहेका हुन्छन् ।

एउटा पल्स बराबर एक हुन्छ भने ‘नो पल्स’ बराबर जिरो हुन्छ । जब यो लाइट पल्स केबलको अर्को कुनामा पुग्छ, तब अप्टिकल रिसिभरले पल्स वा नो पल्सलाई विद्युतीय सूचनामा परिणत गरिदिन्छ ।

तर यी दुई वायरको पर्फमेन्सको तुलना गर्दा फास्टर भन्ने शब्द अतिरन्जित लाग्छ । वास्तवमा दुवै कपर वायर र फाइबर अप्टिक्समा डेटाको गति भ्याकुममा हुने प्रकाशको गतिको तुलनामा कमजोर नै हुन्छ । 

तर फाइबर अप्टिक्समा भएका केही पछिल्ला विकासले डेटा ट्रान्समिसनको गतिलाई प्रकाशको गति नजिक ल्याएको छ । तर सिद्धान्तमा फाइबर अप्टिक्स र कपर वायर दुवैको गतिले केही सेकेण्डमै पृथ्वीभर धेरैपटक डेटा ट्रान्समिट गर्न सक्छ । 

जब यी दुवैको स्पिडमाथि तुलना गरियो, तब यस्तो थ्रो पुट्स (बिट्स पर सेकेण्ड) क्षमता देखिन आयो । थ्रोपुट्सको अर्थ प्रति युनिट टाइममा भएको डेटा ट्रान्सफरको सापेक्षित परिमाण हो ।

यस किसिमको परीक्षणमा निसन्देह फाइबर अप्टिक्समा धेरै थ्रोपुट्स देखियो । विशेषगरी लामो दुरीको डेटा ट्रान्समिसनमा । 

आधुनिक कपर लाइन प्रयोग गर्ने एउटा स्थानीय एरिया नेटवर्कले एकपटकमा करिब ३ हजार टेलिफोन कल ह्याण्डल गर्न सक्छ । तर अर्कोतिर फाइबर अप्टिक्स केबलले भने एकपटकमा ३१ हजार भन्दा धेरै कल ह्याण्डल गर्नसक्छ । 

डेटा थ्रुपुट्समा देखिएको यस किसिमको भिन्नतालाई फ्रिक्वेन्सी रेन्जले निर्धारण गर्दछ । जति धेरै फ्रिक्वेन्सी रेन्ज भयो, केबलमा ब्याण्डविथ त्यति नै धेरै हुन्छ र डेटा पनि त्यति नै धेरै ट्रान्समिट गर्न सकिन्छ । दुई किसिमका केबलमा हुने प्रमुख भिन्नता यिनै हुन् । 

फाइबर अप्टिक्स केबलमा कपर वायरको तुलनामा एकदमै धेरै ब्याण्डविथ क्षमता हुन्छ । यसै कारण फाइबर अप्टिक्सले धेरैभन्दा धेरै फ्रिक्वेन्सी रेन्ज बोक्न सक्छ ।

फाइबर अप्टिक्स केबलको तुलनामा कपर वायरमा एटेनुएसन वा हाई फ्रिक्वेन्सीमा हुने सिग्नल लसको समस्या धेरै हुन्छ । कपर वायरको तुलनामा फाइबर अप्टिक्स हल्ला र इलेक्ट्रोम्याग्नेटिक अवरोधको प्रतिरोधी पनि हुन्छ ।

किनभने कपर वायर धातुबाट बनेको हुन्छ । यस्तै कपर वायरले झेल्ने अर्को समस्या भनेको यसले आफ्नो दुरीको लम्बाई अनुसार सिग्नल गुणस्तर गुमाउँछ ।

तर फाइबर अप्टिक्स ट्रान्समिसनमा यस्तो किसिमको समस्या एकदमै नगन्य मात्रामा हुन्छ वा देखिदैँन । तर सस्तो मूल्यका कारण अझै पनि हामीमध्ये धेरैले कपर वायर नै प्रयोग गर्छौं । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०