close

‘द स्ट्रिङ्स’ को फाइनल मंसिर १७ मा गर्दै डिशहोम

टेकपाना टेकपाना

मंसिर ११, २०७७ १७:८

‘द स्ट्रिङ्स’ को फाइनल मंसिर १७ मा गर्दै डिशहोम

काठमाडौं । डिशहोमले सुरु गरेको डिजिटल रेट्रो अंग्रेजी सांगीतिक प्रतियोगिता ‘द स्ट्रिङ’ को फाइल आउँदो बुधबार हुने भएको छ । दुई भागमा उक्त शो प्रशारण हुने डिशहोमले जनाएको छ । डिशहोमका अनुसार उक्त रियालिटि शो टिभीमा १३ र १७ गते प्रसारण हुनेछ ।

१३ गते शनिबार प्रतियोगिताको प्रसारण राति ८ः३० बजे र फाइनल प्रतियोगिता १७ गते बुधवार राति ८ः३० बजे प्रशारण हुने जनाइएको छ । उक्त कार्यक्रमको फाइल प्रतिस्पर्धीहरु शिभाना श्रेष्ठ, तुसिता मास्के, स्वर्णिम श्रेष्ठ, रिया श्रेष्ठ र योगेन राई रहेका छन् ।

प्रतियोगीमध्येबाट विजेताको छनाेट निर्णायकको निर्णय र प्रतियोगीले प्राप्त गरेको भोटिङका आधारमा हुने उल्लेख गरिएको छ । निर्णायकहरुमा युलिया कोइराला, पेम्बा लोप्चा र निर्भाणा चौधरी रहेका छन् । प्रतियोगीलाई भोट गर्ने जानकारी डिशहोमको फेसबुक पेजमा उपलब्ध रहेको छ ।

उक्त सांगीतिक प्रतियोगितामा प्रतियोगीले ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीत गाएर डिशहोमको फेसबुक पेजमा अपलोड गरेका थिए । त्यसैका आधारमा उत्कृष्ट पाँच छनोट भएको हो ।

कम्पनीका अनुसार विभिन्न समयमा डिशहोमले सञ्चालन गर्ने यस्ता प्रतियोगीता मार्फत ग्राहकले मनोरञ्जनका साथै आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने माध्यम पनि पाउने गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०