close

शुक्रबार ग्यापुको ब्ल्याक फ्राइडे सेल, ६० प्रतिशतसम्म छुट पाइने

टेकपाना टेकपाना

मंसिर ११, २०७७ १७:३७

शुक्रबार ग्यापुको ब्ल्याक फ्राइडे सेल, ६० प्रतिशतसम्म छुट पाइने

काठमाडाैं । ईकमर्श कम्पनी ग्यापु मार्केटप्लेसले भाेलि मंसिर १२ गते ब्ल्याक फ्राइडे घोषणा गरेको छ । यसअन्तर्गत होम अप्लाइन्स र विभिन्न प्रकारका अल्कोहल खरिद गर्दा ६० प्रतिशतसम्म छुट पाइने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए ।

माछापुच्छ्रे बैंकसँगको सहकार्यमा ग्यापुले बैंकको प्रयोगकर्तालाई एक लाख रुपैयाँ बराबरको २० प्रतिशत क्यासब्याक दिने बताइएको छ । त्यस्तै  एनआईसी एसिया बैंक र प्रभु पेको सहकार्यमा २० प्रतिशत क्यासब्याक दिइने छ ।

त्यस्तै ग्यापुले ब्ल्याक फ्राइडे ज्याकपट पनि ल्याएको छ, जसको भाग्यशाली विजेताले ग्यास गिजर र होम थिएटर नि:शुल्क पाउने ग्यापुले जनाएको छ ।

ग्यापुमा सपिङ गर्न मोबाल एप वा कम्पनीको वेबसाइट मार्फत अर्डर गर्न सक्नेछन् । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे, सेल पे, खल्ती, आईएमई पे, कनेक्ट आईपीएस र ईसेवा मार्फत भुक्तानी गर्न सक्नेछन् ।

त्यस्तै डेलिभरीकै बेला विश्वभरका जुनसुकै बैंकका डेबिट र क्रेडिट कार्ड स्वाइप गर्न सुविधा समेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्नेछन् ।          

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०