close

यसरी बुझ्नुहोस् कीबोर्डका १२ वटै फङ्सन कीको काम

टेकपाना टेकपाना

मंसिर १२, २०७७ १२:१३

यसरी बुझ्नुहोस् कीबोर्डका १२ वटै फङ्सन कीको काम

काठमाडौं । एउटा पुरा आकारको कीबोर्डमा जम्मा १०१ देखि १०५ सम्म की हुने गर्दछन् । यद्यपि कम्प्याक्ट सिस्टम वा ल्यापटपमा यस्ता कीको संख्या कम हुने गर्दछ ।

कीबोर्ड जतिसुकै सानो होस्, त्यसमा अल्फाबेटका साथै फङ्सन की भने रहेकै हुन्छन् । यी फङ्सन की एफ वान देखि एफ ट्वेल्भ सम्म हुने गर्दछन् । आज हामी तपाईंलाई यी सबै फङ्सन कीको प्रयोगको बारेमा बताउँदै छौं ।

यस्तो छ कीबोर्डका फङ्सन कीको काम

F1: जब कम्प्युटर अन हुन्छ, त्यस समय यो बटन दबाउँदा सिस्टमको सेटअपमा पुग्न सकिन्छ । यहाँबाट बूट प्रोसेस वा अन्य सेटिङ समेत परिवर्तन गर्न सकिन्छ । साथै विण्डोज कीसँगै F1 प्रेस गर्दा विण्डोजको हेल्प तथा सपोर्ट सेक्सनमा जान सक्नुहुन्छ ।

F2: यो कीको सहयोगमा तपाईं कुनै पनि फाइललाई रिनेम गर्न अर्थात त्यसको नाम एडिट गर्न सक्नुहुन्छ । जब धेरैजसो फाइलको नाम एउटै जस्तो हुन्छ, त्यस्तोमा ती सबै फाइललाई सेलेक्ट गरेर यो की दबाउँदा सजिलोसँग नाम फेर्न सकिन्छ ।

माइक्रोसफ्ट वर्डमा Ctrl को साथमा यो की प्रेस गरेर फाइलको प्रिन्ट प्रिभ्यू हेर्न सकिन्छ । साथै यदि तपाईं माइक्रोसफ्ट एक्सेलमा काम गर्दै हुनुहुन्छ भने यसको सहयोगमा कुनै बक्समा कन्टेन्ट थप गर्न सक्नुहुन्छ ।

F3: विण्डोजमा यो कीमार्फत सर्च बक्स खोल्न सकिन्छ । यसको अर्थ तपाईं सजिलै कुनै पनि फाइल वा फोल्डर सर्च गर्न सक्नुहुन्छ । MS DOS मा यो की दबाउँदा पहिला टाइप गरिएको कमाण्ड पुनः टाइप हुन थाल्दछ ।

F4: माइक्रोसफ्ट वर्डमा यो की प्रेस गर्दा पछिल्लो काम दोहोर्‍याउन सकिन्छ । उदाहरणको लागि तपाईंले जुन शब्द टाइप गर्नुभएको थियो, त्यो पुनः टाइप हुनेछ । साथै जुन शब्द बोल्ड गर्नु भएकोछ, त्यो पनि त्यस्तै गरी टाइप हुनेछ ।

यसैगरी Alt+F4 र Enter एक साथ थिचेर कम्प्युटरलाई लगअफ अर्थात बन्द गर्न सक्नुहुन्छ । डेक्सटपमा कुनै प्रोग्राममा काम गरिरहनु भएको छ भने Alt+F4 दबाएर त्यसलाई अथवा विण्डोलाई बन्द गर्न सक्नुहुन्छ ।

यदि तपाईंले ब्राउजरमा कुनै ट्याब खोलिरहनु भएको छ भने Ctrl+F4 थिचेर त्यसलाई बन्द गर्न सक्नुहुन्छ भने माइक्रोसफ्ट एजमा F4 प्रेस गरेर एड्रेस बारमा पुग्न सक्नुहुन्छ ।

F5: कम्प्युटरलाई रिफ्रेश गर्नका लागि यो की उपयोगी हुने गर्दछ । यसबाट फाइलहरु अटोमेटिक रुपमा व्यवस्थित हुने गर्दछन् । पावर प्वाइन्टमा यसलाई दबाउँदा स्लाइड शो सुरु हुन्छ ।

F6: यो की दबाउँदा विण्डोजमा खुलेका फोल्डरभित्रका कन्टेन्ट देखिन थाल्छन् । माइक्रोसफ्ट वर्डमा खुलिरहेका कयौं डकुमेन्टलाई एक एक गरी हेर्नका लागि Control+Shift+F6 दबाउन सकिन्छ । यसैगरी ब्राउजरमा हुनुहुन्छ भने यो कीमार्फत सोझै त्यसको एड्रेसबारमा पुग्न सक्नुहुन्छ ।

F7: माइक्रोसफ्ट वर्डमा यदि यो की दबाउने हो भने त्यसमा तपाईं जुनसुकै शब्द टाइप गर्नुहुन्छ, त्यसको स्पेलिङ चेक हुनेछ । साथै वर्ड र एक्सेलमा Shift+F7 थिचेर तपाईंले समान अर्को शब्द फेला पार्न सक्नुहुन्छ ।

F8: माइक्रोसफ्ट वर्डमा टेक्स्टलाई सेलेक्ट गर्नका लागि यो की प्रयोग हुने गर्दछ ।

F9: माइक्रोसफ्ट आउटलुकमा ईमेल पठाउन वा प्राप्त गर्नका लागि यो कीको प्रयोग हुने गर्दछ । कयौं ल्यापटपमा यसको सहयोगमा स्क्रिन ब्राइटनेस समेत कन्ट्रोल गर्न सकिन्छ ।

F10: कुनै पनि सफ्टवेयरमा काम गर्दैगर्दा यो की दबाएर मेनु खोल्न सकिन्छ । यस अलावा Shift सँगै F10 प्रेस गर्दा यसले माउसको राइट क्लिकको काम गर्दछ ।

F11: इन्टरनेट ब्राउजरमा फुल स्क्रिन भ्यूका लागि यो की प्रयोग गर्न सकिन्छ । साथै कुनै टेबललाई सेलेक्ट गरेर यो बटन प्रेस गरेर चार्ट तयार पार्न सक्नुहुन्छ ।

F12: माइक्रोसफ्ट वर्डमा यो की प्रेस गर्दा सेभ एजको अप्सन खुल्दछ । Shift सँगै F12 दबाउँदा माइक्रोसफ्ट फाइल सेभ हुन पुग्छ । साथै Ctrl+Shift+F12 थिचेर एक्सेल वा वर्ड फाइललाई प्रिन्ट गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०