close

सिद्धार्थ बैंकको एपबाट क्यूआर भुक्तानी गर्दा यामाहा स्कूटर जित्ने मौका

टेकपाना टेकपाना

मंसिर १२, २०७७ १७:१७

सिद्धार्थ बैंकको एपबाट क्यूआर भुक्तानी गर्दा यामाहा स्कूटर जित्ने मौका

काठमाडौं । सिद्धार्थ बैंक स्मार्ट एपको प्रयोग गरी क्यूआर कोडमार्फत भुक्तानी गर्दा स्कूटर जित्न सकिने भएको छ । क्यूआर कोडमार्फत हुने भुक्तानी प्रवर्द्धन गरिरहेको फोन पेको आयोजनामा शिद्धार्थ बैंकका ग्राहकले यस्तो मौका पाउने भएका हुन् ।

सिद्धार्थ बैंकका अनुसार सिद्धार्थ बैंक स्मार्ट एप प्रयोग गरी क्यूआर कोड मार्फत भुक्तानी गर्ने सबै ग्राहक यो उपहार योजनामा सहभागी हुनेछन् । जसमध्ये एक जना ग्राहक र एक जना पसल तथा व्यवसायीले बम्पर उपहारको रुपमा एक एक थान यामाहा रे जेडआर १२५ एफआई स्कूटर पाउनेछन् ।

यसैगरी मासिक उपहारको रुपमा एक जना ग्राहक र एक जना पसल तथा व्यवसायीले एक लाख रुपैयाँ नगद पाउने बताइएको छ ।

साथै साप्ताहिक उपहारको रुपमा दुई दुई जना ग्राहक तथा व्यवसायीले १० हजार नगद एवम् दैनिक उपहारमा पाँच जना ग्राहक र पाँच जना पसल तथा व्यवसायीले एक हजार रुपैयाँ नगद पाउनेछन् । उपहार योजनामा शर्तहरु लागु हुने फोनपेले स्पष्ट पारेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०