close

सिक्सजी : फण्डा कि वास्तविकता ?

टेकपाना टेकपाना

मंसिर १३, २०७७ १८:३७

सिक्सजी : फण्डा कि वास्तविकता ?

काठमाडौं । फाइभजीलाई बिर्सिएर सिक्सजीको लागि तयारी हुन आह्वान गर्दै अन्तराष्ट्रिय मिडियाले विभिन्न हेडलाइनमा समाचारहरु प्रकाशित गरिरहेका छन् । हामी स्पष्ट छौं कि यो घडीमा सिक्सजी भन्ने त्यस्तो कुनै चिज छैन । मार्केटरहरुले सिक्सजीको चर्चा गरेर हाम्रो ध्यानाकर्षण मात्र गर्न खोजिरहेका छन् । 

र जहाँसम्म सिक्सजीको यस किसिमको फण्डाले काम पनि गरिरहेको छ । फाइभजी पूर्ण रुपमा कार्यान्वयन भइसकेपश्चात लगत्तै सिक्सजी आउने अफवाहहरु फिजाइएका छन् । तर सिक्सजी हामीमाझ आइपुग्नलाई अझै १० वर्ष पनि एकदमै कम समय जस्तो लाग्छ । 

चीनले आगामी २०३० सम्म सिक्सजी नेटवर्क रोलआउट गर्ने योजना बनाएको छ । सामसङले पनि हालै आफ्नो ह्वाइट पेपरमा सिक्सजी नेटवर्कको आगामी २०३० सम्म व्यापक व्यवसायीकरण भइसक्ने अपेक्षा गरेको छ । 

वास्तवमा सिक्सजी अहिले सार्वजनिक हुने कुरा एउटा सस्तो हल्ला बाहेक अरु केही पनि होइन । यस्ता हल्लाहरुले बरु हामीलाई फाइभजीबाट पाउनसक्ने फाइदाबाट पनि वञ्चित गरिरहेको छ । फाइभजी कै कुरा गर्ने हो भने पनि यसको नारा लगाइएको वर्षौं भइसक्यो, तर यो आफ्नो पहिलो इनिङ्समा समेत पुगेको छैन । 

वास्तवमा फाइभजीबाट सिक्स जीमा जाने कुरा थ्रीजी देखि फोरजीमा हाम फालेको जस्तो सजिलो कुरा होइन । 

आज तपाईंले सुनिरहनु भएको नयाँ अन्वेषणहरु स्वचालित कार, रिमोट रोबोटिक सर्जरी र इन्टरनेट अफ थिङ्क्स अर्थात् आईओटी यी सबै कुरा फाइभजीबिना सम्भव छैन । यी बाहेक सम्पूर्ण मोबाइल नेटवर्क नै आजको भन्दा सय गुणा छिटो हुनेछ । 

फाइभजी नेटवर्क सिग्नललाई सिटी सेन्टरदेखि पर विस्तार गर्न असंख्य मात्रामा नयाँ एन्टेना, फाइबर अप्टिक्स केबल, स्याटेलाइट र अन्य नेटवर्क गियरको आवश्यकता पर्दछ । 

फाइभजीको पूर्ण तयारीका लागि अझै दशकौं लाग्ने देखिन्छ । अहिले फाइभजी इन्स्टलेसनको कार्य पनि व्यापक रुपमा भइरहेको छ । यसलाई पूर्ण रुपमा इन्स्टल गर्न विश्वलाई नै एकपटक सचेत गर्नुपर्ने हुन्छ ।

एक दशकभन्दा अगाडी सुरु भएको फोरजी अझै पनि विभिन्न मुलुकहरुमा विस्तार कै चरणमा छन् । 

फाइभजीमा अपग्रेड हुनु हाम्रो जीवनकालकै सबैभन्दा ठूलो समारोह जस्तै भएको अवस्थामा यसको अभूतपूर्व क्षमतासँग पनि हाम्रो साक्षात्कार भइरहेको छ । 

सिङ्गो मोबाइल स्पेसकै लागि पनि यो धेरै ठूलो क्षण हो । किनभने एकपटक एप्पल कम्पनी यो गेममा प्रवेश गरिसकेको छ भने पनि फाइभजी वृहतरुपमा स्पिड अप भइरहेको छ भन्ने कुरा बुझ्नु पर्दछ ।

किनभने एप्पलले आईफोन ल्याउनुअघि पनि स्मार्टफोनहरु त बनिसकेका थिए । तर जब आईफोन बजारमा छिर्‍यो तब स्मार्टफोनले आफ्नो अस्तित्व स्थापित गर्ने मौका पायो । अबका दिनमा फाइभजी स्मार्टफोनको हकमा पनि यही नजिर दोहाेरिनेछ । 

गत वर्ष धेरै धेरै मानिसहरु झुक्किए । उनीहरुले आफ्नो फोनको माथिल्लो कुनामा ‘फाइभ जीई’ लेखेको देखे तर त्यो वास्तवमा फाइभजी थिएन । 

यस्तै सिक्सजी पनि फाइभजीई जस्तै अर्को भ्रामक ब्राण्डिङ फण्डा हो । 

सिक्सजीको आगमनको परिकल्पना गर्नलाई धेरै कुराले असर गर्दछ । सबैभन्दा पहिलो कुरा त अहिले काम गरिरहेका फाइभजी फोनको बजार ह्वात्तै बढ्नुपर्छ । विश्वव्यापी फाइभजी कनेक्सनको संख्या २०२१ मा कति पुग्छ त्यो कुरा पनि हेर्नुपर्दछ । 

कोरोना भाइरसका कारण विश्व लकडाउनभित्र बन्दी बनेको अवस्थामा वायरलेस अपरेटरहरु पनि उच्च इन्टरनेट खपतसँगै बढेको मागलाई पूर्ति गर्न नेटवर्क अपग्रेडमा खटिरहेका छन् । 

तपाईंलाई थाहा छ प्रत्येक वर्ष नेटवर्कभरी डेटा युसेजको मात्रा दोहोरो रुपमा बढ्दै गइरहेको छ । अब भने यो आफ्नो सिमामा पुगिसकेको छ । यसको अर्थ अब विश्वलाई फाइभजी पहिले भन्दा धेरै आवश्यक बनेको छ । 

(फोर्ब्समा स्टेफन म्याकब्राइडले लेखेको ब्लग)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०