close

आउँदो जनवरीमा क्रिप्टोकरेन्सी सार्वजनिक गर्दै फेसबुक

टेकपाना टेकपाना

मंसिर १५, २०७७ १२:४

आउँदो जनवरीमा क्रिप्टोकरेन्सी  सार्वजनिक गर्दै फेसबुक

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले आउँदो जनवरीमा क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने तयारी गरेकाे छ । फेसबुकले विभिन्न संस्थाहरुसँगको सहकार्यमा ‘लिब्रा’ नामक क्रिप्टोकरेन्सी ल्याउन लागेकाे हाे ।

फेसबुकले पहिलाे पटक लिब्रा ल्याउने आधिकारिक घोषणा गर्दा यो डलर, युरो र पाउण्ड जस्ता करेन्सीको मिश्रणको रुपमा नयाँ डिजिटल करेन्सी हुने उल्लेख गरेकाे थियाे । यसमा फेसबुकसहित विश्वका प्रमुख टेक कम्पनीहरुले लगानी गरेको थिए ।

तर, अमेरिकी सरकारले यसलाई अनुमति दिन ढिलाइ गर्दा यसबाट कतिपय कम्पनी भने बाहिरिएका छन् । सन् २०१९ मै यसलाई सार्वजनिक गर्ने तयारी भएतापनि यसले सार्थक पाउन सकेको थिएन ।

अमेरिकी सरकारले यसलाई अनुमति दिन ढिलाइ गर्दा अल्झनमा परेको फेसबुकको करेन्सी अब भने अघि बढ्ने आश गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०