close

वर्ल्डलिंङ्कलाई अन्तर्राष्ट्रिय सम्मान

टेकपाना टेकपाना

मंसिर १५, २०७७ १८:९

वर्ल्डलिंङ्कलाई अन्तर्राष्ट्रिय सम्मान

काठमाडाैं । १९ नोभेम्बर २०२० तारिखका दिन वर्ल्ड इन्फरमेशन टेक्नोलोजी एण्ड सर्भिस अलाइन्स (विट्सा) ले मलेसियाको पेनाङ्गमा आयोजित २०२० टेकफेष्ट लाइभ रोड–टु–विट्सा मलेसिया हाईब्रिड कार्यक्रमको दोस्रो दिन विभिन्न विद्यामा पुरस्कार घोषणा गरेको थियो ।

उक्त समाहरोहमा नेपालकाे वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले कर्णाली प्रदेशका विकट क्षेत्र लगायत देशका विभिन्न भागमा इन्टरनेट सेवाको पहुँच विस्तार गरेकाेमा डिजिटल अपर्चुनिटी इन्क्लुजन “मेरिट पुरस्कार“ जित्न सफल भएको छ ।

हालसम्म यो पुरस्कार पाउने वर्ल्डलिंक नेपालको पहिलो कम्पनी हो ।

सन १९७८ मा स्थापित, वर्ल्ड इन्फरमेशन टेक्नोलोजी एण्ड सर्भिस अलाइन्स (विट्सा) आईसीटी उद्योग संघ सदस्यहरूको एक अग्रणी संस्था हो, जसमा विश्वभरिका ८० भन्दा बढी देशका संस्थाहरू आबद्ध छन् ।

विट्साका सदस्यहरूले विश्व आईसीटी बजारको ९० प्रतिशतभन्दा बढी प्रतिनिधित्व गर्ने बताइएकाे छ ।

विश्वव्यापी आईसीटी उद्योगको अग्रणी संघको रूपमा मान्यता प्राप्त भएकोले विट्सा आईसीटीको रूपान्तरणको लागि र उद्योग वृद्धि गर्ने उद्देश्यका साथ आईसीटीको विश्वव्यापी अर्थ व्यवस्थाको प्रमुख संवाहकको रुपमा काम गर्दै आइरहेको छ ।

उत्कृष्ट आईसीटी प्रयोगकर्ताहरूलाई पहिचान गर्नका लागि ग्लोबल आईसीटी उत्कृष्टता पुरस्कार का आयोजना गर्दै आइरहेको छ । विट्साको यो सबैभन्दा लोकप्रिय कार्यक्रम हो ।

“यस वर्ष ग्लोबल आईसीटी उत्कृष्टता पुरस्कार छनौटका लागि सहभागि आवेदनहरू धेरै उल्लेखनीय संख्यमा सुयोग्य, अद्वितीय, असाधारण किसिमका थिए । २० वर्षदेखि आयोजना गर्दै आइरहेको पुरस्कार आयोजनामा यस वर्षका जति धेरै सहभागीहरूलाई समीक्षा एवं सम्मान गर्ने मौका हामीले पहिले कहिल्यै पाएका थिएनौं,” विट्साका अध्यक्ष यभोन्ने चियुले भने ।

वर्ल्डलिंक कम्युनिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले भने, “डिजिटल नेपाल निर्माण गर्ने हाम्रो प्रयासलाई यो एउटा ठूलो सम्मान हो। हामी हाम्रो इन्टरनेट सेवाहरूको साथ देशको कुना कुनामा पुग्न निरन्तर काम गर्दैछौं र सबैको जीवनलाई समृद्ध बनाउनका लागि डिजिटल प्लेटफर्मलाई सक्षम बनाउदैछौं ।”

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०