close

आरबीआई बन्यो १० लाख ट्वीटर फलोअर हुने विश्वकै पहिलो केन्द्रीय बैंक

टेकपाना टेकपाना

मंसिर १६, २०७७ १३:१७

आरबीआई बन्यो १० लाख ट्वीटर फलोअर हुने विश्वकै पहिलो केन्द्रीय बैंक

काठमाडौं । १० लाख ट्वीटर फलोअर पुरा गर्ने भारतीय रिजर्भ बैंक (आरबीआई) विश्वको पहिलो केन्द्रीय बैंक बन्न सफल भएको छ । अमेरिकाको संघीय रिजर्भ बैंक र युरोपको केन्द्रीय बैंकलाई पछि पार्दै आरबीआई माइक्रो ब्लगिङ साइटमा सबैभन्दा धेरै फलोअर हुने बैंक बनेको हो ।

बैंकको ट्वीटर ह्यान्डलमा उपलब्ध जानकारी अनुसार सन् २०२० को सेप्टेम्बर २७ तारिखसम्म नाै लाख ६६ हजार फलोअर रहेकोमा दुई महिनाकाे अवधिमा ४४ हजार फलोअर थपिँदै १० लाखको आँकडा पार गर्न सफल भएको हो ।

विश्वको सबैभन्दा शक्तिशाली बैंकको रुपमा रहेको अमेरिकाको संघीय रिजर्भ बैंकको फलोअर हाल ६ लाख ६७ हजार छ । त्यस्तै युरोपियन सेन्ट्रल बैंकको फलोअर पाँच लाख ९१ हजार रहेका छन् । यी दुबै बैंकले सन् २००९ मा ट्वीटर ह्याण्डल सुरु गरेका थिए ।

८५ वर्ष पुरानो बैंक आरबीआईले सन् २०१२ मा मात्रै ट्वीटर ह्याण्डल क्रिएट गरेको थियो । तीन वर्षपछि ट्वीटर ह्याण्डल सुरू गरेर पनि फलोअरका हिसाबले आरबीआई दुवै बैंकलाई पछि पार्दै १० लाख फलोअर हुने विश्वको पहिलो केन्द्रीय बैंक बन्न सफल भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०