close

अझै ३७ करोड युवा इन्टरनेटको पहुँच बाहिर

टेकपाना टेकपाना

मंसिर १६, २०७७ २०:८

अझै ३७ करोड युवा इन्टरनेटको पहुँच बाहिर

काठमाडौं । विश्वका ७० प्रतिशतभन्दा बढी युवा पुस्ताको पहुँचमा इन्टरनेट पुगेको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार यूनियन (आईटीयु) ले हालै जारी गरेको ‘मेजरिङ डिजिटल डेभलपमेन्ट फ्याक्ट एण्ड फिगर २०२०’ प्रतिवेदन अनुसार हालसम्म विश्वका ७० प्रतिशत युवाको पहुँचमा इन्टरनेट पुगेकाे उल्लेख गरेको छ ।

१५ देखि २४ वर्ष उमेर समूहका ७० प्रतिशत विश्वको जनसंख्या इन्टरनेटको पहुँचमा रहेका छन् । हालसम्म विश्वको कुल जनसंख्यामध्ये ५१ प्रतिशतमा इन्टरनेट पहुँच पुगेको छ ।

त्यो हिसाबले हेर्ने हो भने ३६ करोड ९० लाखभन्दा बढी युवा इन्टरनेटको पहुँचभन्दा बाहिर रहेका छन् ।

तथ्यांक अनुसार तीन अर्ब ७० करोडभन्दा बढी मानिस इन्टरनेटको पहुँचभन्दा बाहिर छन् । त्यसमध्ये सबैभन्दा बढी इन्टरनेटको पुहँच युरोपमा रहेको छ ।

युरोपमा ८७ प्रतिशतमा इन्टरनेटको पहुँच रहेको छ भने ९८ प्रतिशत युवाको पहुँचमा इन्टनरेट पुगेकाे छ । त्यस्तै दोस्रो स्थानमा अमेरिकी देशहरु रहेका छन् ।

यहाँ कुल जनसंख्याको ७७ प्रतिशतमा इन्टरनेट पहुँच पुगेकाे छ भने साेभियत युनियन तेस्रो, अरब (एशिया) र अफ्रिका क्रमश चौंथो पाँचौ र छैटौं नम्बरमा रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०