close

यही वर्ष ८५ प्रतिशत जनसंख्यामा फोरजीको पहुँच पुग्ने आईटीयूको प्रक्षेपण

टेकपाना टेकपाना

मंसिर १६, २०७७ १८:५

यही वर्ष ८५ प्रतिशत जनसंख्यामा फोरजीको पहुँच पुग्ने आईटीयूको प्रक्षेपण

काठमाडौं । २०२० को अन्त्यसम्म विश्वका ८५ प्रतिशत मानिसहरुले फोरजी नेटवर्कको पहुँच पाउन सक्ने प्रक्षेपण एक रिपोर्टले उल्लेख छ । रिपाेर्टका अनुसार यस्तै सोही अवधिमा ९३ प्रतिशत जनसंख्याले थ्रीजी नेटवर्कको पहुँच पाउनेछन् ।

अन्तराष्ट्रिय दूरसञ्चार युनियन (आईटीयू) को २०१९ मेजरिङ डिजिटल डेभलपमेन्ट फ्याक्ट्स एण्ड फिगर रिपोर्ट ले यस्ताे प्रक्षेपण गरेकाे हाे ।

रिपोर्टको अनुसार अहिले विश्वका अधिकांश क्षेत्रहरुका ९० प्रतिशत जनसंख्यासँग थ्रीजी वा त्योभन्दा उच्च गुणस्तरको मोबाइल ब्रोडब्याण्ड नेटवर्क पहुँच छ । तर अफ्रिका र पूर्वी सोभियत राज्यहरुको संगठन कमनवेल्थमा रहेका स्वतन्त्र राज्यका क्रमश: २३ र ११ प्रतिशत नागरिकसँग कुनै पनि किसिमको मोबाइल ब्रोडब्याण्ड पहुँच नभएको पाइएको छ । 

रिपोर्टले यस वर्ष इन्टरनेट कभरेज विस्तारको कार्य एकदमै सुस्त भएको देखाएको छ । यस वर्ष इतिहासमै पहिलोपटक मोबाइल सेलुलर टेलिफोन सब्सक्रिप्सनको कुल संख्या ओरालो लागेको हो । यसको पछाडि कोभिड १९ महामारी वा सामाजिक-आर्थिक तत्व प्रमुख कारण भएको विश्लेषण गरिएकाे छ । 

विश्वभर मोबाइल सेलुलर सब्सक्रिप्सन घट्दै गर्दा अन्तराष्ट्रिय ब्याण्डविथ खपत भने विश्वभर ३८ प्रतिशतले बढेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत बढी हो । 

यस वर्ष नेटवर्क कभरेज विस्तार र मोबाइल सब्सक्रिप्सन संख्यामा देखिएको कमीका कारण दूरसञ्चार पूर्वाधारको रोलआउट अत्यावश्यक भएको आईटीयूका प्रमुख हाओलिन झाओले बताएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०