close

एनसेलको नयाँ भ्वाइस प्याक, ४८ रुपैयाँमा २२५ मिनेट कल गर्न सकिने

टेकपाना टेकपाना

मंसिर १७, २०७७ १८:४१

एनसेलको नयाँ भ्वाइस प्याक, ४८ रुपैयाँमा २२५ मिनेट कल गर्न सकिने

काठमाडौं । एनसेलले प्रिपेड ग्राहकलाई लक्षित गर्दै दुईवटा नयाँ भ्वाइस प्याक ल्याएको छ । ग्राहकलाई सुलभ दरमा भ्वाइस सेवामा पहुँच दिदै ग्राहकलाई आफ्नो परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन मद्दत पुर्‍याउने उद्देश्यका साथ एनसेलले नयाँ प्याक सार्वजनिक गरेको हो ।

यी नयाँ भ्वाइस प्याक भोलि अर्थात् बिहीबारदेखि उपलब्ध हुनेछन् । जसमा प्रिपेड ग्राहकले एक घण्टा र तीन दिनको समयसीमा भएको भ्वाइस प्याक खरिद गर्न सक्नेछन् ।

एक घण्टाको भ्वाइस प्याक अन्तर्गत प्रिपेड ग्राहकले कर सहित १७ रुपैयाँमा एक घण्टा समयसीमा रहेको ६० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्नेछन् । यसो गर्दा ग्राहकलाई २८ पैसा प्रति मिनेट पर्न जानेछ । एनसेल नेटवर्कभित्र कल गर्न विद्यमान् शुल्क प्रतिमिनेट कर सहित रु २.५४ रहेको छ ।

ग्राहकले ६० मिनेटको प्याक सुचारु गर्ने बित्तिकै प्याकको समयसीमा सुरु हुनेछ । प्रिपेड ग्राहकले *१७११८*८# डायल गरी एक घण्टाको प्याक सुचारु गर्न सक्नेछन् ।

त्यसैगरी ग्राहकले तीन दिनको समयसीमा रहेको २२५ मिनेट टक टाइमको प्याक कर सहित मात्र ४८ रूपैयाँमा सुचारु गर्न सकिने कम्पनीले जनाएको छ । यस प्याकमा ग्राहकले तीन दिनसम्म हरेक दिन ७५ मिनेटको हिसाबले अन नेट टक टाइमको फाइदा लिन सक्नेछन् । जसमा ग्राहकलाई प्रति मिनेट २१ पैसा पर्न जानेछ ।

ग्राहकले *१७११८*६*२# डायल गरी तीन दिनको समयसीमा रहेको प्याक सुचारु गर्न सक्नेछन् । सुलभदरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता अनुरुप आफ्ना ग्राहकका लागि यी भ्वाइस प्याकहरु ल्याइएको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०