close

टिकटकमा तीन मिनेटसम्मको भिडियो पोस्ट गर्न सकिने फिचर आउँदै

टेकपाना टेकपाना

मंसिर १८, २०७७ १३:५५

टिकटकमा तीन मिनेटसम्मको भिडियो पोस्ट गर्न सकिने फिचर आउँदै

काठमाडौं । भिडियो शेयरिङ प्लेटफर्म टिकटकले तीन मिनेटसम्मको भिडियोका लागि परीक्षण गरिरहेको पाइएको छ । १५ सेकण्ड देखि १ मिनेटसम्मको छोटो भिडियोका लागि चर्चित बनेको टिकटकले तीन मिनेटसम्मको भिडियो बनाउन दिने तयारी गरेको हो ।

लामो भिडियोको विकल्प हुँदा भिडियो बनाउनेहरुबाट अझ धेरै कुरा आउन सक्ने भन्दै समय थप गर्ने तयारी भइरहेको उल्लेख गरिएको छ । कम्पनीले यो फिचर केही प्रयोगकर्तालाई उपलब्ध समेत गराइसकेको छ ।

सोसल मिडिया कन्सल्टेन्ट म्याट नाभाराले टिकटकले उपलब्ध गराएको उक्त फिचरबारे ट्वीट गरेर जानकारी दिएका छन् । उनले सार्वजनिक गरेको स्क्रिनशटका अनुसार उक्त फिचर सुरुवाती चरणमै रहेको छ । जुन फिचर डेस्कटप तथा मोबाइल दुवै भर्सनमा उपलब्ध हुने जनाइएको छ ।

युट्युवभन्दा छोटो भिडियो पनि सफल हुन्छ भन्ने टिकटकले नै प्रमाणित गरिदिएको थियो । आफूले प्रमाण गरेको दायराभन्दा बाहिर गएर समय थप गर्नु कति उपयुक्त र प्रयोगमैत्री हुनेछ भन्ने विषय आगामी दिनमा पक्कै थाहा हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०