close

ईकमर्शका लागि लगानीमैत्री नीति र पूर्वाधार निर्माणमा काम गरिरहेका छौं : मन्त्री गुरूङ

टेकपाना टेकपाना

मंसिर १९, २०७७ ११:४२

ईकमर्शका लागि लगानीमैत्री नीति र पूर्वाधार निर्माणमा काम गरिरहेका छौं : मन्त्री गुरूङ

काठमाडौं । नेपालमै बसेर विश्व व्यापार गर्न सक्षम नीति तथा पूर्वाधार तयार पार्न सरकारले काम गरिरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताएका छन् ।

विश्वका शीर्ष धनाढ्यहरु सूचना प्रविधिकै व्यवसायबाट माथि आएकाे बताउँदै उनले नेपालमा पनि आईटी क्षेत्रमा लगानी गर्न मैत्रीपूर्ण वातावरण तथा पूर्वाधार तयार गर्ने काम भइरहेकाे उनले बताएका हुन् ।

शुक्रबार जारी ई-बिजनेश पोलिसी फोरममा बोल्दै मन्त्री गुरुङले सरकारको डिजिटल नेपालको अभियानलाई सफल बनाउन ईकमर्शलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्ने बताए ।

आईटी क्षेत्रमा आवश्यक नीति तथा कानूनमा परिमार्जन गर्न जुटेको आफ्नो मन्त्रालयले सरोकारवालाहरुलाई समावेश गर्ने समेत उनले आश्वासन दिए । 

सोही कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष शेखर गोल्छाले महासंघको भिजन पेपरमा समेत अब ई-कमर्शलाई प्राथमिकतामा राख्ने बताए ।

उनका अनुसार चार लाख युवालाई रोजगारी प्रदान गर्ने मुख्य उद्देश्य राखिएकाे साे भिजन पेपरमा ई-हाटलाई मुख्य प्राथमिकतामा राखिएकाे छ ।  

ई-हाट बाहेक स्मार्ट सिटीको अवधारणा, पेमेन्ट गेटवेलाई समेत प्राथमिकतामा राख्ने उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०