close

साओमी एमआई ११ स्न्यापड्रागन ८८८ प्रयोग गर्ने विश्वकै पहिलो स्मार्टफोन

टेकपाना टेकपाना

मंसिर १९, २०७७ १६:५७

साओमी एमआई ११ स्न्यापड्रागन ८८८ प्रयोग गर्ने विश्वकै पहिलो स्मार्टफोन

काठमाडौं । क्वालकमले आफ्नो नयाँ फ्ल्यागशिप चिपसेट स्न्यापड्रागन ८८८ सार्वजनिक गरेको छ । क्वालकमले नयाँ चिपसेट सार्वजनिक गरेसँगै यो प्लेटर्फमा आधारित नयाँ स्मार्टफोन ल्याउने प्रतिस्पर्धा सुरु भएको छ ।

यसै सन्दर्भमा साओमीले आफ्नो आउँदो फोन साओमी एमआई इलेभेन स्न्यापड्रागन ८८८ मा आधारित हुने घोषण गरेको छ । योसँगै स्न्यापड्रागन ८८८ प्रयोग हुने साआमी इलेभेन नै पहिलो स्मार्टफोन भएको छ ।

Xiaomi Mi 11 to be the world’s first phone with Snapdragon 888, Redmi tags along

साओमीका निर्देशक लू विबिङले यसबारे जानकारी दिएका हुन् । उनले सार्वजनिक गरेको पोष्टरमा उक्त फोन कहिले सार्वजनिक हुने र त्यसमा अन्य के फिचर रहने छन् भन्ने कुरा नभएतापनि साओमी एमआई इलेभेन स्न्यापड्रागन ८८८ का साथ आउने उल्लेख गरिएको छ ।

तर, सामसङ ग्यालेक्सी एस २१ को लाइनअप सन् २०२१ को जनवरीको मध्यतिर सार्वजनिक हुने भएकाले साओमी एमआई इलेभेन त्योभन्दा अघि सार्वजनिक हुने अपेक्षा गर्न सकिन्छ । किनभने सामसङ एस २१ मा पनि स्न्यापड्रागन ८८८ चिपसेट नै प्रयोग हुने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०